१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक ४ शुक्रबार ११:२९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनएमबि बैंकले डिएफसीबाट १० करोड डलर ऋण पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक ४ शुक्रबार ११:२९:००

एनएमबि बैंकलाई युएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डिएफसी)ले १० करोड डलर वैदेशिक ऋण दिने भएको छ । अमेरिकी सरकारको विभिन्न देशका निजी क्षेत्रसँग साझेदारी गरी विकासशील देशले सामना गरिरहेको चुनौतीको समाधानका लागि ऊर्जा, स्वास्थ्य सेवा, पूर्वाधार र प्रविधिलगायत क्षेत्रमा वित्तीय लगानी गर्दै आइरहेको डिएफसीले एनएमबि बैंकलाई दिने ऋण स्वीकृत गरेको हो । 

एनएमबि बैंक र डिएफसीबीचको साझेदारीले नेपालको साना तथा मझौला व्यवसायलाई उद्यमशीलतामार्फत आत्मनिर्भरताका लागि महिलालाई प्राथमिकतामा राखेर नयाँ अवसर सिर्जना गर्न बैंकले मद्दत गर्ने जनाइएको छ । हालको बैंकिङ तरलता अभावको अवस्थामा यसरी देशमा भित्रिने बाह्य वित्तीय स्रोतले देशकै आवश्यकताअनुरूप उत्पादनमूलक तथा प्राथमिकताको क्षेत्रमा लगानी बढाउन सहज हुने बैंकले विश्वास व्यक्त गरेको छ । 

बैंकले जलविद्युत्, नवीकरणीय ऊर्जा, कृषि तथा साना तथा मझौला उद्योगमा ऋण पुँजीका लागि डिएफसीसहित हालसम्म नौ डेभलपमेन्ट फाइनान्सियल इन्स्टिच्युसनबाट कुल ३० करोड १५ लाख अमेरिकी डलर ऋण भित्र्याइसकेको जनाएको छ । हाल बैंकले देशभरमा दुई सय एक शाखा, एक सय ३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ ।