Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ कार्तिक ३ बिहीबार २०:०२:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

१७२ स्वर्णसहित आर्मीले उचाल्याे नवौँ राष्ट्रिय खेलकुदकाे ट्रफी

Read Time : > 1 मिनेट
२०७९ कार्तिक ३ बिहीबार २०:०२:००

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब १७२ स्वर्ण, ११० रजत र ८९ कांस्यसहित कुल ३७१ पदकका साथ नवौँ राष्ट्रिय खेलकुद २०७९ को च्याम्पियन बनेको छ। सहभागी अन्य १० टोलीलाई पछि पार्दै आर्मी च्याम्पियन बनेको हो। 

च्याम्पियन बनेका आर्मीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय खेलकुदको ट्रफी हस्तान्तरण गरेका थिए। आयोजक राखेपले करिब १० लाख खर्च गरी यस वर्षदेखि ट्रफी  बनाएको हाे।

यसैगरी, उपविजेता बनेको सशस्त्र प्रहरीको एपिएफ क्लबले ६५ स्वर्ण, ७३ रजत र ८१ कांस्य गरी कुल २१९ पदक हात पार्न सफल भएको छ ।

प्रदेशमा गण्डकी पहिलो

प्रतियोगितामा तीन विभागीय, सात प्रदेश र एनआरएनए गरी ११ टोली सहभागी थिए। सहभागी सात प्रदेशमध्ये घरेलु टोली गण्डकी ३२ स्वर्ण, ३१ रजत र ५७ कांस्य गरी कुल १२० पदक प्राप्त गर्न सफल भएको छ।  

६ हजार १२७ जना खेलाडी सहभागी 

प्रतियोगितामा सहभागी कुल ३६ खेलका ३९६ विधामा पुरुष तीन हजार ४१४, महिला दुई हजार ७१३ गरी कुल ६ हजार १२७ जना खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा समावेश गरिएका ३६ खेल गण्डकीका आठ जिल्लामा सञ्चालन गरिएको थियो। 

सहभागी खेलाडीहरूमध्ये कान्छो खेलाडीको रूपमा रीतिका बुमी रहेकी थिइन्। ७ वर्ष २२ दिनकी बुमी पौडी खेलाडी हुन् । उनी सुदूरपश्चिम प्रदेशबाट सहभागी भएकी थिइन्। 
यसैगरी, जेठो खेलाडीको रूपमा धनबहादुर घले रहेका थिए। प्रदेश १ बाट स्क्वास खेलमा भाग लिएका घले ६१ वर्ष ४ महिनाका हुन्।

१० औँ संस्करण २ देखि ९ मंसिर २०८१ मा कर्णाली प्रदेशमा हुने 

प्रत्येक दुई दुई वर्षमा हुने प्रतियोगिताको आउँदो १० औँ संस्करण कर्णाली प्रदेशमा हुने भएको छ। २ देखि ९ मंसिर २०८१ मा कर्णालीमा १० औँ संस्करण हुने भएको हो। 

राखेपको बुधबार पोखरामा बसेको ११५औँ बोर्ड बैठकले सो निर्णय गरेको राखेपका सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए। गण्डकीमा नवौँ संस्करण सकिएसँगै आउँदो १०औँ संस्करणको तयारी बिहीबारबाटै सुरु भएको उनले बताएका थिए।

नवौँ संस्करणमा भएका नयाँ सुरुवात  

नवौँ संस्करणसम्म आइपुग्दा पहिलोपटक राष्ट्रिय खेलकुदको ट्रफी निर्माण गरिएको छ। पहिलोपटक राष्ट्रिय खेलकुदमा खेलकुदको विश्व मान्यताअनुरूप क्लिन स्पोर्टसकाे  अवधारणाअनुरूप एन्टी डोपिङ परीक्षण गरिएसँगै खेलाडीहरूको विवरण डिजिटल माध्यमबाट दर्ता गरी क्लाउडमा अभिलेखीकरण गरिएको सदस्यसचिव घिसिङले जानकारी दिए।