१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी
२०७५ चैत १४ बिहीबार ०८:३५:००
Read Time : < 1 मिनेट
खेलकुद

इटाली आधा दर्जन गोलले विजयी

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ चैत १४ बिहीबार ०८:३५:००

सन् २०२० को युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबल प्रतियोगिताको छनोटमा इटालीले लगातार सानदार नतिजा निकालेको छ । इटालीले समूह जेको मंगलबार भएको दोस्रो खेलमा लेस्चेस्टेनमाथि ६–० को जित निकाल्यो । पर्मामा भएको खेलमा इटालीका लागि फाबियो क्वाग्रिरेला राष्ट्रिय टोलीबाट गोल गर्ने सबैभन्दा पाका खेलाडी बनेका छन् । उनले लेस्चेन्टेनविरुद्ध २ गोल गरेका थिए । ३६ वर्षको उमेरमा २ पेनाल्टी गोल गर्दै फाबियोले सो कीर्तिमान रचेका हुन् । 

केनको अग्रता
घरेलु मैदानमा युभेन्टसका स्ट्राइकर केनले इटालीलाई १–० को अग्रता दिलाएका थिए । केन लगातार खेलमा राष्ट्रिय टोलीबाट गोल गर्न सफल भएका छन् । यसअघि पहिलो खेलमा इटालीले फिनल्यान्डलाई २–० ले हराउँदा पनि उनले गोल गरेका थिए । खेलको ३२औँ मिनेटमा भेराटीले इटालीलाई ३–० का लागि गोल गरेका थिए । खेलको ६९औँ मिनेटमा केन लगातार दोस्रो अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सफल भए । इटालीले पहिलो छनोट खेलमा फिनल्यान्डलाई २–० ले हराउँदा केनले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । खेलको ७६औँ मिनेटमा पाभोलेटीको गोलसँगै इटालीले ६–० को जित निकाल्यो । 

मोराटाले जिताए स्पेनलाई
युरोकप छनोटको पूर्वविजेता स्पेनले समूह एफमा लगातार दोस्रो जित निकालेको छ । स्पेनले मंगलबार राति माल्टालाई २–० ले हरायो । स्पेनको जितमा एट्लेटिको म्याड्रिडका स्ट्राइकर अल्भारो मोराटाले दुवै गोल गरेका थिए ।