Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक १ मंगलबार ११:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली प्रदेशमा देखिएको हवाई उडानसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक १ मंगलबार ११:२९:००

कर्णाली प्रदेशमा विद्यमान हवाई उडानसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिएको छ । कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग भेट गरी सो माग गरेको हो ।

त्यसैगरी टोलीले त्यस क्षेत्रमा उडान भरिरहेका निजी क्षेत्रका सेवा प्रदायक कम्पनीहरूको उडानलाई नियमित बनाउन पनि उनीहरूसहितको बैठक बोलाउन मन्त्री श्रेष्ठसँग आग्रह गरेको थियो । केही दिनअघिको वर्षातका कारण सडक बाटोको सञ्जाल, विद्युत् र टोलिफोन सेवासमेत अवरुद्ध भएपछि अहिले कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला र कालीकोट जिल्ला सम्पर्कविच्छेद भएको अवस्थामा छ ।

पूर्वमन्त्री भण्डारीले कर्णालीमा यस्तो खालको अघोषित नाकाबन्दी भइरहेका वेला हवाई सेवासमेत नियमित नहुँदा त्यहाँका जनताले ठूलो पीडा भोग्नुपरेको गुनासोसमेत गरे । उनले यस क्षेत्रको हवाई उडानको समस्या तत्काल गर्न सरकारसँग माग गरिएको बताए । 

यता, मन्त्री श्रेष्ठले भण्डारी नेतृत्वको टोलीलाई कर्णालीमा देखिएका हवाई उडानको समस्या समाधान हुने गरी दुईवटा विमान खरिद गर्ने योजना अघि सारिएको जवाफ दिएका थिए । उनले निजी क्षेत्रका सेवा प्रदायक कम्पनीहरूलाई बोलाएर सो क्षेत्रमा उडान सेवा नियमित गर्न निर्देशन दिने आश्वासनसमेत दिएका थिए ।

पूर्वमन्त्री भण्डारीले निजी क्षेत्रको अपारदर्शी हवाई उडानका लागि त्यहाँका जनताले ठूलो सास्ती भोग्नुपरेकाले सो समस्या पनि समाधानका लागि मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराइएको बताए । यसअघि गृह मन्त्रालयले पनि केही दिनअघि आएको वर्षातका कारण अवरुद्ध सडक सञ्जाल, विद्युत् र टेलिफोन सेवा तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको थियो ।