१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ३१ सोमबार ०६:२४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल लाइफको नयाँ मोबाइल एप सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ३१ सोमबार ०६:२४:००

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एन्ड्रोइड र एप्पल फोन (आइओएस)का लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । एक विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले मोबाइल एप्लिकेसनलाई डाउनलोड गरी उक्त एपलाई सार्वजनिक गरेका हुन् । 

परिष्कृत र नयाँ सुविधासहित सार्वजनिक गरिएको मोबाइल एप्लिकेसन एपस्टोरबाट डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहक र अभिकर्ता दुवैले एउटै एप्लिकेसनमार्फत लाभ लिन सक्ने जनाइएको छ । एपलाई एपस्टोर वा प्लेस्टोरबाट डाउनलोड गरी आफ्नो रजिस्टर्ड फोन नम्बरका माध्यमबाट आफूलाई रजिस्टर गरी लग इन गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । आफू अभिकर्ता वा बिमित छनोट गरी आफ्नो प्रोफाइल एड गर्न सकिने जनाइएको छ । एप्लिकेसनमा एकैजनाको एकभन्दा बढी बिमालेख भएमा सबैलाई लिस्ट गर्न सकिने तथा आफ्नो बिमालेख प्रोफाइलमा एड गरेपश्चात् आफ्नो बिमासँग सम्बन्धित सम्पूर्ण जानकारी एकै ठाउँमा सरल तथा सहज तवरले प्राप्त गर्न सकिने इन्स्योरेन्सले जनाएको छ ।

साथै, एपमा अन्य सुविधाका रूपमा प्रिमियम हिसाब, बिमा योजनाको जानकारी, शाखा तथा उपशाखाहरूको स्थान तथा सम्पर्क नम्बरका साथै कम्पनीले सार्वजनिक गरेको जानकारीमूलक तथा मनोरञ्जनात्मक श्रव्य–दृश्य सामग्रीहरू पढ्न तथा हेर्न सकिने जनाइएको छ । हाल इन्स्योरेन्सले ल्याएको एपलाई समयानुकूल स्तरवृद्धि गर्दै ग्राहकलाई जीवन बिमासम्बन्धी सम्पूर्ण सुविधाहरू चुस्त–दुरुस्त तरिकाले एकद्वार नीतिको अवलम्बन गर्दै सेवा प्रवाह गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।