१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असोज ३० आइतबार २०:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा लागुऔषधसहित दुई युवक पक्राउ

Read Time : < 1 मिनेट
२०७९ असोज ३० आइतबार २०:१४:००

जिल्ला प्रहरी कार्यालय लमजुङले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले बेँसीसहर नगरपालिका- ८ बस्ने वर्ष २२ का दिपेन गुरुङ र सोही स्थान बस्ने वर्ष ३० का तेज गुरुङलाई पक्राउ गरेको हो। 

उनीहरूलाई आइतबार बेँसीसहर- ८ शेराबाट पक्राउ गरिएको हो। प्रहरीले उनीहरूको साथबाट डाइजेपाम एम्पुल २९, फेनरगन पिडिकेएन २९, नुफिन एम्पुल २९, कालो रंगको ब्ल्याक बेरी मोबाइल १ थान र  कालो रंगको नोकिया लेखिएको मोबाइल १ थान बरामद गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए। 

पक्राउ परेका दिपेन र तेज गुरुङ उपर आइतबार लमजुङ जिल्ला अदालतबाट आठ दिनको म्याद थप अनुमति लिई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सुचना अधिकारी प्रहरी निरिक्षक जगदीश रेग्मीले बताए । उनका अनुसार लागु औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार पक्राउ परेका दुई जनालाई २ वर्षसम्म कैद र नगद एक लाखसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।