मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २८ शुक्रबार १६:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमती किनारका संरचनामाथि चल्यो डोजर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २८ शुक्रबार १६:२३:००

काठमाडौं महानगरपालिका– ११ थापाथलीस्थित बागमती किनारका अनधिकृत संरचना हटाउन थालिएको छ। 

नदीको बहाव क्षेत्रका सार्वजनिक जग्गामा अनधिकृत रूपमा संरचना बनाएर बागमती प्रदूषित बनाइएको भन्दै अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले धेरै वर्षअघिदेखि यी संरचना हटाउन खोजेको थियो।

यी संरचना हटाउन उक्त समितिले गत माघ महिनामा पनि सूचना प्रकाशित गरी काम अघि बढाएको थियो। त्यसवेला विभिन्न समूहको दबाबमा काम रोकिएकामा अहिले काठमाडौं महानगरपालिकाको सहयोगमा ती अनधिकृत संरचना भत्काउन थालिएको समितिका सूचना अधिकारी कमल अर्यालले राससलाई जानकारी दिए।  

त्यस क्षेत्रमा निर्माण भएको रुद्रेश्वर महादेव मन्दिरको पुजारी भवन, किरियापुत्री भवन, ओम शान्ति भवनलगायत संरचना भत्काइएको छ। थापाथली क्षेत्रमा सुकुमबासीका नाममा नदी किनारको सार्वजनिक जग्गा कब्जा गरेर बस्नेलाई भने राजनीतिक संरक्षणका आधारमा केही नगरिएको भन्दै त्यस क्षेत्रमा विरोध पनि भइरहेको छ।

सुकुमबासीका नाममा नदी किनारको जग्गा कब्जा गर्नेलाई पनि त्यहाँबाट हटाउन नदी सफाइ अभियानकर्मीले माग गरेका छन्।

राजधानीमा सुकुमबासीका नाममा नदी किनारका सार्वजनिक जग्गा कब्जा गर्नेले सबैभन्दा बढी नदी प्रदूषित बनाउँछन्। सुकुमबासीलाई इचंगुनारायणमा आवासीय भवन निर्माण गरेको वर्षौँ बिते पनि सर्न मानेका छैनन्। राजधानीको मुटुमा रहेको नदी किनारमै बस्न पाउनुपर्ने माग सुकुमबासीका नाममा हुँदै आएको छ।

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका