१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज २८ शुक्रबार ११:१९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

इस्टर्न हाइड्रोपावरको आइपिओ खुला    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज २८ शुक्रबार ११:१९:००

इस्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गरेको हो ।  

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको साधारण सेयरमा बिक्री नभएर बाँकी रहेका ५० हजार तीन सय १० कित्तासहित कुल छ लाख ७० हजार तीन सय १० कित्ता सेयर  एक सय रुपैयाँ अंकित मूल्यमा निष्कासन गरेको छ ।

कुल निष्कासित सेयरमध्ये ३३ हजार पाँच सय १५ कित्ता सामूहिक लगानी कोष र १३ हजार चार सय ६ कित्ता सेयर कर्मचारीलाई छुट्याई बाँकी ६ लाख २३ हजार तीन सय ८९ कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको आह्वानपत्रमा उल्लेख छ ।  

लगानीकर्ताले निष्कासन गरेका सेयरमा आगामी कात्तिक १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म खरिदका गर्न आवेदन दिन सक्ने र उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा कात्तिक १४ गतेसम्म समय थप हुने छ । कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरी विद्युत् उत्पादन गर्दै आएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूका साथै ‘मेरो सेयर’को वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड छ । कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयरनपी–बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ ।