मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २७ बिहीबार १७:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आयोगले मिडिया अनुगमन गर्नेबारे काउन्सिलले उपयुक्त निर्णय लिन्छ : अध्यक्ष बस्नेत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २७ बिहीबार १७:०२:००

नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचन आयोगबाटै मिडिया अनुगमन भइरहेको विषयमा सबैको सुझावका आधारमा काउन्सिलले उपयुक्त निर्णय लिने बताएका छन्। काउन्सिलद्वारा आयोजित कार्यक्रममा बस्नेतले आयोगले बनाएको आचारसंहिताबारे यस्तो बताएका हुन्।

‘सबैको सुझावका आधारमा यस विषयमा के गर्ने भन्ने काउन्सिलले उपयुक्त निर्णय लिन्छ,’ उनले भने। कार्यक्रममा सहभागीले आयोगबाटै  सेना र प्रहरीलाई सहभागी गरेर निर्माण गरिएको संयन्त्रबाट मिडिया अनुगमन गर्नु उपयुक्त नहुने भन्दै संयन्त्रबाट काउन्सिलको प्रतिनिधि फिर्ता गर्न सुझाव दिएका थिए।

आयोगले नेपाली सेना र नेपाल प्रहरीका समेत प्रतिनिधि रहने गरी निर्वाचन मिडिया अनुमगन संयन्त्र सञ्चालनमा ल्याएको छ। सोही संयन्त्रमार्फत आयोगले निर्वाचन अवधिभर पत्रपत्रिका, अनलाइन, टेलिभिजन र सामाजिक सञ्जालको ‘कन्टेन्ट’ अनुगमन अगाडि बढाएपछि चौतर्फी विरोध भइरहेको छ। ‘प्रेस अफिस स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७९’ नाम दिइएको कार्यविधिअनुसार आयोगले निर्वाचनमा मिडिया अनुगमन र कारबाही आफैँ गरिरहेको छ।

संयन्त्रलाई दोषी देखिए कारबाहीका लागि सम्बन्धित निकायलाई लेखी पठाउने जिम्मेवारी तोकिएको छ । कानुनतः मिडिया अनुगमन र कारबाहीका लागि सिफारिस गर्ने अधिकार नेपाल प्रेस काउन्सिललाई छ। यसअघिका सबै निर्वाचनमा मिडिया अनुगमन गर्ने काम काउन्सिलले नै गर्दै आएको थियो।

कार्यक्रममा सहभागीहरूले आयोगबाटै सेना र प्रहरीलाई सहभागी गरेर निर्माण गरिएको संयन्त्रबाट मिडिया अनुगमन गर्नु उपयुक्त नहुने भन्दै संयन्त्रबाट काउन्सिलको प्रतिनिधि फिर्ता गर्न सुझाव दिएका थिए।