१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सागर रिजाल
२०७५ पौष ८ आइतबार १८:३६:००
Read Time : < 1 मिनेट
प्रदेश

प्यूठानमा किशोरीद्वारा आत्महत्या

Read Time : < 1 मिनेट
सागर रिजाल
२०७५ पौष ८ आइतबार १८:३६:००

रातमाटा मुक्ति माद्यामिक विद्यालयमा १० कक्षा अध्ययनरत सिता खड्काले विष सेवन गरी आत्महत्या गरेकी छन् ।

प्यूठान नगरपालिका ४ जुम्री निवासी १८ वर्षीया खड्काको जिल्ला अस्पताल विजुवारमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । शुक्रबार विष सेवन गरेपछि उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । शनिबार डिस्चार्ज गरे पनि सुधार नभएपछि आइतबार पुनः अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक  निर्मल बुढाथोकीले बताए ।

खड्काले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको बुढाथोकीको भनाइ छ । खड्काले केही अघि प्यूठान नगरपालिका २ क्वाडी निवासी २० वर्षे सरोज विष्टसँग प्रेम विवाह गरेपनि माइतीमै बसी अध्ययन गर्दै आएको पारिवारिक स्रोतले जनाएको छ । मुक्ति माविका प्रधानाध्यापक योगेन्द्र जिसीले पठनपाठनमा राम्रै भएपनि पछिल्लो समय अलि बढी तनावमा देखिने गरेको बताए ।