मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असोज २३ आइतबार १३:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले अध्यक्ष ओलीले झापा ५ बाट गराए मनोनयन दर्ता

Read Time : < 1 मिनेट
२०७९ असोज २३ आइतबार १३:१०:००

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। दमक नगरपालिकास्थित निर्वाचन कार्यालय पुगेर ओलीले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका हुन्।

ओली ०४८ सालदेखि निरन्तर यो क्षेत्रबाट चुनाव लड्दै आएका छन्। यसपटक पनि उनी विगतकै प्रतिस्पर्धीसँग चुनावी मैदान उत्रिँदै छन्। गठबन्धनको तर्फबाट कांग्रेसका खगेन्द्र अधिकारीले यस क्षेत्रमा टिकट पाएका छन्। 

०७४ मा ओली ५७ हजार एक सय ३९ मतसहित विजयी भएका थिए भने अधिकारीले २८ हजार दुई सय ९७ मत ल्याएका थिए। यद्यपि, राजनीतिक समीकरण भने विगतको जस्तो छैन। विगतमा एमाले र माओवादीको वाम गठबन्धन थियो भने हाल कांग्रेस–माओवादीसहितको गठबन्धन छ।