मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ८ आइतबार १६:३२:००
Read Time : < 1 मिनेट
समाचार

युवा उद्योगी ढकाललाई राष्ट्रिय पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ८ आइतबार १६:३२:००

जिल्ला सदरमुकाम भद्रपुरका उद्योगी दिपेश ढकालले युवा उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । युवा यद्यमी ढकाललाई नेपाल जेसीजले राष्ट्रियस्तरको पुरस्कार प्रदान गरेको हो ।

आफ्नो लगनशीलता र मेहनतबाट उद्योग क्षेत्रमा पाएको सफलताको कदर गर्दै ढकाललाई जेसीजले पुरस्कृत गरेको हो । जनकपुरमा आयोजित नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा पूर्व राष्ट्रपति डा. रामबरण यादवले ढकालाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरे ।

ढकाल झापामा सफल युवा उद्योगीका रुपमा स्थापित छन् । बिर्तामोडको लिटल फ्लावर्स इङलिश स्कूलबाट माध्यमिक तहसम्मको अध्ययन सकेर मेची बहुमुखी क्याम्पसबाट व्यवस्थापन विषयमा प्रविणतापत्र तहमा अध्ययन गर्दैगर्दा भद्रपुरमै गोरखकाली हार्डवेयर स्ञ्चालन गरी उद्योग–व्यवसाय क्षेत्रमा होमिएका दिपेश अहिले झण्डै एक दर्जन उद्योगका सञ्चालक छन् ।

मुख्य रुपमा चिया, सिमेन्ट, इँटा र प्लाष्टिक उद्योगमा लगानी गरेका उनी गोरखकाली सिमेन्ट उद्योग, दक्षिणकाली प्लाष्टिक इण्डष्ट्रिज, खुश्बु इँटा उद्योग, दक्षिणकाली इँटा उद्योग र सिद्धकाली सप्लायर्सको प्रवन्ध निर्देशक हुन् भने सनराइ जसिमेन्ट इण्डष्ट्रिज, स्टार टी इण्डष्ट्रिज, तथा त्रिशक्ति ग्यास इण्डष्ट्रिज प्रा.लि.को निर्देशकको भूमिकामा छन् ।
    
नेपाल जेसीजको छनोटमा लगातार तेस्रोपटक भद्रपुरका युवा परेका छन् । यसअघि, सन् २०१६ मा युवा उद्योगी आदित्य पराजुली उद्योग व्यवसाय क्षेत्रबाट र सन् २०१७ मा मेची अञ्चल अस्पतालमा सेवारत् डा. रामबाबु खड्का चिकित्सा सेवा क्षेत्रबाट राष्ट्रिय युवा सम्मानद्वारा सम्मानित भएका थिए ।