१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असोज २२ शनिबार १०:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मकवानपुर- २ मा एकीकृत समाजवादीका विरोध खतिवडा

Read Time : < 1 मिनेट
२०७९ असोज २२ शनिबार १०:५३:००

नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य विरोध खतिवडा मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन् । सत्तारूढ गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीले पाएको मकवानपुर क्षेत्र नम्बर २ को उम्मेदवारमा खतिवडाको नाम टुंगो लगाएको हो । यस क्षेत्रमा  खतिवडाको नाम सुरुवातदेखि नै चर्चामा थियो । 

मकवानपुरबाट यसअघि चारपटक ०४८, ०५१, ०५६ र ०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका खतिवडा ०७४ मा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।मकवानपुरको दुईवटा प्रतिनिधिसभा क्षेत्रमा २ मा समाजवादीका खतिवडासँगै १ मा  कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना उम्मेदवार बन्ने निश्चितप्रायः रहेको छ । यद्यपि, कांग्रेसले भने आज मात्रै उम्मेदवार टुंगो लगाउने जनाएको छ ।

प्रदेश सभा

गठबन्धनबाट मकवानपुरको प्रदेश सभामा भागबन्डा मिलाए पनि उम्मेदवार भने टुंग्याएको छैन । गठबन्धनले मकवानपुरको प्रदेश सभाअन्तर्गत १ को (क) मा नेकपा माओवादी केन्द्र, (ख) मा नेपाली कांग्रेस र २ को (क) मा माओवादी केन्द्र र (ख) मा नेपाली कांग्रेसबाट उम्मेदवार बनाउने पक्का गरिसकेको छ । मकवानपुरको प्रदेश सभामा कुन दलले पाउने भन्ने टुंगो लागिसकेको भए पनि उम्मेदवारको टुंगो लाग्न बाँकी छ । 

प्रदेश सभा १ को (क) मा माओवादीका विजय गौतम र प्रेमबहादुर पुलामी छिन्तुको चर्चा छ भने (ख) मा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा र निवर्तमान नगर सभापति आनन्दराम पराजुलीको चर्चा छ । यस्तै प्रदेश सभा २ को (क) मा माओवादीकी कुमारी मोक्तान र (ख) मा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नाम चर्चामा छ ।