१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २१ शुक्रबार २२:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभातर्फको क्षेत्र बाँडफाँड अन्तिम चरणमा, प्रदेश सभाको भोलि टुंग्याउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २१ शुक्रबार २२:२६:००

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सत्तागठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँडअन्तर्गत प्रतिनिधिसभातर्फको लगभग अन्तिम चरणमा पुगेको छ। 

पाँचदलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ। जसपाकै कारण प्रतिनिधिसभाको क्षेत्र बाँडफाँडमा समय लागेको पाँचदलीय कार्यदलका सदस्य एवं राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए। 

शीर्ष नेताको आजको बैठकमा पनि कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिने विषयमा छलफल भयो।

प्रतिनिधिसभातर्फको करिब अन्तिम भएकाले प्रदेश सभाका विषयमा छलफल भइरहेको छ। प्रदेश सभाको बाँकी छलफल शनिबार गर्ने निष्कर्षका साथ आजको बैठक केहीबेरअघि सकिएको जानकारी पनि उनले दिए। 

निर्वाचन क्षेत्र बाँडफाँडका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज अन्तिम रूप दिन निर्णायक वार्तामा नेताहरू जुटेका थिए ।  

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तोकिएको छ। त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँड गरी दलले उम्मेदवार तोक्नुपर्छ । यसका लागि अब एक दिन मात्र बाँकी रहेकाले पनि शनिबार बिहानै सहमतिलाई अन्तिम रूप दिने तयारी गरिएको छ ।  

जसपा बैठकबाट बाहिरिएपछि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग पनि छलफल गरिरहेका छन्। 

लोसपा पनि भोलिको गठबन्धन बैठकमा सहभागी हुन सक्ने जनाइएको छ । सत्तागठन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता थियो। रासस