मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज २० बिहीबार १८:०४:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

साहित्यतर्फको नोबेल पुरस्कार फ्रेन्च लेखिका एनीलाई

Read Time : < 1 मिनेट
२०७९ असोज २० बिहीबार १८:०४:००

यस वर्ष (सन् २०२२) को साहित्यतर्फको नोबेल पुरस्कार फ्रेन्च लेखिका एनी एनाक्सलाई दिइने भएको छ। 

एनीले आफ्नो लेखनको माध्यमबाट ‘साहसिक तथा क्लिनिकल एक्युटी’ मा कैयौँ पुस्तक तथा लेख लेखेकी छिन्। उनले फ्रेन्च, अंग्रेजीमा कैयौँ उपन्यास पनि लेखेकी छिन्। 

एनीले लेखनलाई राजनीतिक कार्य भएको बताएकी छिन्। पुरस्कार घोषणापछि सञ्चारकर्मीसँग कुरा गर्दै एनीले भनिन्, ‘लेखन कार्य एउटा राजनीतिक कार्य हो, जसले सामाजिक असमानतालाई चिहाउनका लागि हाम्रो आँखा खोल्छ।’ 

लेखिका एनीको जन्म सन् १९४० मा भएको थियो। उनी नरमेडीको सानाे सहर यवेटोटमा हुर्किएकी हुन्। 

यो पुरस्कारको राशि एक करोड स्विडिस क्रोनर अर्थात् करिब नौ लाख १५ हजार अमेरिकी डलर छ। सन् २०२१ को साहित्यतर्फको नोबेल पुरस्कार उपन्यासकार अब्दुलराजक गुरनाहलाई प्रदान गरिएको थियो।