मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २० बिहीबार ०७:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशभर वर्षा : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा उच्च सतर्कता अपनाउन आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २० बिहीबार ०७:०६:००

अहिले देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यसमध्ये पनि लुम्बिनी प्रदेशका आसपासका जिल्ला चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, कपिलवस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्युठान, अर्घाखाँची र दाङमा ठूलो वर्षा भइरहेको छ। 

यस्तै, गण्डकी र लुम्बिनी प्रदेशमा पनि पानी परिरहेको मौसमविद्ले बताएका छन्। वर्षा भइरहेका ठाउँका खोलानाला तथा नदीमा बाढीको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। खोला तरेर दसैँको टीका लगाउन ओहोरदोहोर गर्दा विशेष सतर्क हुन आग्रह गरिएको छ।

हिजो टीका थाप्नकै लागि हिँडेका वेला खोलाले बगाउँदा केहीको ज्यान गएको छ । यस्तै, पहिरोको जोखिम रहेकाले खेतीपाती, घाँसदाउराको काम गर्दा पनि ख्याल गर्न भनिएको छ । चिप्लो र भिरालो क्षेत्रमा घाँसदाउरा नगर्न सुझाव दिइएको छ।

गण्डकीसँगै लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र बागमती प्रदेशका केही तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   

उक्त क्षेत्रहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने साथै कृषि, पर्यटन, पर्वतारोहणलगायत  दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध छ।


आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि ठूलो वर्षाको अनुमान गरिएको छ। अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ । पर्सि शनिबारसम्म नै देशभर वर्षाको सम्भावना रहेकाले हिँडडुल गर्दा सावधानी अपनाउन मौसमविद्को अनुरोध छ।