मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज १८ मंगलबार १७:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बेपत्ता भएको ३८ दिनपछि वडासदस्यको शव फेला

Read Time : < 1 मिनेट
२०७९ असोज १८ मंगलबार १७:११:००

गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका– २ खैजनपुरकी वडासदस्य छत्रकुमारी थापा (राउत) को शव आइतबार भेटिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुँयालका अनुसार ३८ वर्षीया राउत गत भदौ ९ गतेदेखि बेपत्ता थिइन्। उनको कंकाल  बेलका नगरपालिका– ८ सेतीखोलास्थित माछापुच्छ्रे सामुदायिक वनमा रूखमा झुन्डिएको अवस्थामा स्थानीयवासीले फेला पारेका थिए।

डिएनए परीक्षणपछि राउतको शव पहिचान भएको र शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। 

राउत गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा त्रियुगा– २ को वडासदस्यमा निर्वाचित भएकी थिइन्।