मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ असोज १७ सोमबार १०:३५:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

दसैँ खर्च जुटाउन भित्री मधेसबाट खसीबोका बेच्दै तराईमा 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ असोज १७ सोमबार १०:३५:००

कञ्चनपुरको महेन्द्रनगर सहित आसपासका बजार गाँउघरतिर दसैँतिहारको चहलपहल बढेको छ। मानिसहरु कोही मठ मन्दिरमा पूजाआजा, कोही खानपानदेखि अन्य पर्यटकीय धार्मिक ऐतिहासिक क्षेत्रमा घुमफिर गरेर रमाइरहेका छन्। 

तर, छिमेकी जिल्ला डडेल्धुराको भित्री मधेसबाट किसान बाख्रा ल्याएर महेन्द्रनगरसहितका आसपासका बजारमा आएका छन्।
 
घरमै पालेका अन्य छिमेकीका बाख्रा ल्याएर बिक्री वितरणका लागि तराईको बजार आएपनि उनीहरुका खसीबोका बिक्री नभएकाे उनीहरुले बताए। जिउँदै खसी प्रतिकिलो ५ सय र बोका ५सय ५० मा मुल्य निर्धारण गरेका छन्। 

चार दिनअघि खसीबाख्रा बेच्नका लागि डडेल्धुराको परशुराम नगरपालिका ८ कर्रानीबाट महेन्द्रनगर पुगेका गौरी धामी खसीबाख्रा बिक्रि नभएपछि हैरान भएका छन्। ‘दसैँतिहारको खर्च जोह गर्न नगदमै बाख्रा बेच्नका लागि महेन्द्रनगर आएका हौँ, ‘उनले भने, ‘अपेक्षा अनुरुप बिक्री भएका छैनन्, बस्ने ठाँउ पनि छैन।’
 
महेन्द्रनगरमा किसानले उत्पादन गरेका कृषिजन्य बस्तु तथा सेवा बिक्रि वितरण स्थल नभएपछि उनीहरुको बस्ने ठेगान पनि नहुँदा हैरान भएका छन । ‘हामी टाढा गाँउबाट यहाँ सहर आएका छौँ, ‘धामीले भने, ‘न बस्ने ठाँउ न बिक्री गर्ने ठाँउ घुम्तीमै बाख्रा बेच्नुपर्ने बाध्यता छ।’ 

परशुराम नगरपालिका ८ कर्रानीकै अर्का स्थानीय मान बहादुर बोहराले पनि गाँउबाट आएको चार दिन बितिसक्दा पनि एक खसीबोका समेत बिक्रि नभएको दुखेसो पोखे । ‘हामी गाँउबाट आएको चारदिन भयाे। अहिलेसम्म एक बोकाखसी मसेत बिक्री भएको छैन, ग्राहक आउँछन, हेर्छन, सोधेर जान्छन्।’
 
कृषिजन्य पदार्थ बिक्री वितरणका लागि केन्द्र नहुँदा एकातिर किसान मारमा अर्कातिर उपभोक्ताले स्वच्छ मासु उपभोगबाट बञ्चित भएका छन्। बाख्रा किसान धामी र बोहरा जस्तै दर्शनौँ किसान बाख्रा बिक्रीका लागि महेन्द्रनगर आएका छन्।

कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष बिशाल सोनारले किसानले उत्पादन गरेको कृषि उपजबस्तु बिक्री वितरणका लागि सरकारी निकायसंग समन्वय गरेर केन्द्र बनाउने बताए । ‘कृषिउपज बस्तु तथा सेवा बिक्री वितरणका लागि केन्द्र भएपनि सहजै किसान र उपभोक्तालाई खरिदबिक्रीका लागि सहज बनाउँछौँ, ‘अध्यक्ष सोनाले भने, ‘यसमा सरकारी निकायबाट सहयोग हुनुपछ।’ 

सुदूरपश्चिम प्रदेश सरकारले किसानले उत्पादन गरेका कृषि उपज बिक्री वितरणका लागि सम्बन्धीत पालिकाबाट हाट बजारको माग भए बजेट दिने जनाएको छ। 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. मदन सिंह धामीले किसानले उत्पादन गरेका बस्तु तथा सेवा बिक्री वितरणका लागि हाट बजारमार्फत सहज बिक्री वितरणका लागि मन्त्रालयले स्थानीय तह भीमदत्त नगरपालिका मार्फत कृषि उपज बिक्री केन्द्र निर्माण भएसँगै किसानका बस्तु तथा सेवा खपत हुने बताए।