१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हिमाल पुरी, जनमोर्चा
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १६ आइतबार १५:२९:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

सबै दलले प्रदेश सरकारमा आँखा लगाएपछि सिटमा कुरा मिलेको छैन : हिमाल पुरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १६ आइतबार १५:२९:००

गठबन्धनभित्रै केन्द्रको हकमा लगभग मिलेको छ । त्यही पाँच–सात सिट मिल्न बाँकी हो । त्यसमा सहमति हुन्छ । नमिलेको प्रदेशमा हो । सबै दलले प्रदेश सरकारमा आँखा लगाउने नै भए । जसपाले पनि मधेस प्रदेशमा अत्यधिक संख्यामा माग गरिरहेको अवस्था छ । बहुमत सिटमै उसको दाबी छ । त्यहाँ कांग्रेसको पनि त्यही हिसाबमा दाबी छ । त्यही भएर कुरा नमिलेको हो । त्यही कारण जसपाबाट असन्तुष्टिसहित त्यस्तो निर्णय आएको हुन सक्छ 

सिट बाँडफाँडमा असन्तुष्टि जनाउँदै जसपाले अन्य दलसँग तालमेलको ढोका खोलेको छ । गठबन्धनमा ठूलै भाँडभैलो भएको हो ?

भएको छैन । हामीले पनि समानुपातिकमा राखेका केही राम्रा उम्मेदवार प्रत्यक्षमा लडाउने भनेर फिर्ता गर्‍यौँ । प्रत्यक्षतर्फ लानुपर्ने स्थिति नै आयो । 

भनेपछि गठबन्धनबाट बाहिरिनुपर्ने स्थिति आउन सक्छ भन्ने लागेको हो ?
 
त्यस्तो प¥यो भने त उम्मेदवार त चाहियो नि ! तालमेल हुन्छ भनेर हामीले थोरै संख्या प्रत्यक्षमा राखेर अन्य राम्रा उम्मेदवार समानुपातिकमा राखेका थियौँ । अस्ति गठबन्धनको बैठकमा केही विषयमा कुरा मिलेन । त्यसो भएर हामीले केही नाम फिर्ता गरेका हौँ । 

गठबन्धनमा खास विवाद के हो त ? 

गठबन्धनभित्रै केन्द्रको हकमा लगभग मिलेको छ । त्यही पाँच–सात सिट मिल्न बाँकी हो । त्यसमा सहमति हुन्छ । नमिलेको प्रदेशमा हो । सबै दलले प्रदेश सरकारमा आँखा लगाउने नै भए । जसपाले पनि मधेस प्रदेशमा अत्यधिक संख्यामा माग गरिरहेको अवस्था छ । बहुमत सिटमै उसको दाबी छ । त्यहाँ कांग्रेसको पनि त्यही हिसाबमा दाबी छ । त्यही भएर कुरा नमिलेको हो । त्यही कारण जसपाबाट असन्तुष्टिसहित त्यस्तो निर्णय आएको हुन सक्छ । 

जसपाको निर्णयले गठबन्धन धरापमा पर्‍यो नि ?

त्यो निर्णयले खासै केही फरक पार्दैन । कांग्रेस–माओवादी अलिकति लचक हुने हो भने सबै मिल्छ । गठबन्धन अहिले राजनीतिक आवश्यकता हो । गठबन्धन छाडेर अरूसँग चुनाव गर्नु भनेको बहुमत ल्याउने आवश्यकता हो । मुख्यतः राजनीतिक आवश्यकता भएकाले जसपा निर्णयबाट फिर्ता आउँछन् । शुक्रबार मात्रै मेरो जसपाका नेताहरूसँग भेट भएको थियो । उनीहरूले ‘हामीले यस्तो निर्णय गर्‍यौँ’ भनेर सुनाएका थिए । त्यसो भए ‘तिमीहरू एमालेसँग मिल्न जाने हो’ भनेर सोधेको थिएँ । जवाफमा उनीहरूले गठबन्धनभित्रकै दलहरूसँग स्थानीय रूपमा मिल्ने कुरा रहेको बताए । गठबन्धन नै छाड्नेचाहिँ होइन भने । 

उपगठबन्धनको अभ्यासले गठबन्धन टिक्ला र ?

टिकिहाल्छ नि । गठबन्धन भनेको सर्वेसर्वा होइन । गठबन्धन भनेको त प्रतिगमनका मुद्दामा मात्रै सँगै जाने हो । आफ्नो राजनीतिक एजेन्डा र चुनावी तालमेलका विषयमा बन्धन हुने भन्ने होइन । प्रतिगमनलाई हराउन आवश्यक भएको हुनाले मात्रै निर्वाचनमा पनि सँगै जाने कुरा गरेको हो । तर, यसको अर्थ कोही पनि दल गठबन्धनप्रति पूरै रूपमा बाँधिने भन्ने होइन । 

पूर्ण गठबन्धन नहुन पनि सक्ने भयो, होइन ?

त्यस्तो पनि होइन । जसपाले अरूसँग तालमेलको बाटो खुला गर्नु भनेको गठबन्धनभित्रकै दलसँग पनि मिल्न सक्ने भन्ने मैले बुझेको छु । 

सिट बाँडफाँडमा पाँचै दलका एक–अर्काप्रति गुनासा छन, किन हो ? 

कांग्रेसलाई त के भन्नु र ? ०७४ मा जम्मा २३ सिट जितेको पार्टी ८५ को हैसियतमा पुगेको छ । प्रदेशमा उसको त्यस्तै दाबी छ । कांग्रेसलाई त पूरै फाइदा छ, केको असन्तुष्टि राख्नु ?

तर, कांग्रेसमा यति सिट छाड्न हुन्न भन्ने दबाब त छ नि ? 

भएभरका लोभी र भ्रष्टाचारी सबै त्यहीँ छन् । तिनीहरू सबैलाई टिकट दिनुपर्छ । विभिन्न शक्तिकेन्द्रका दलाल त्यहीँ छन् । तिनीहरूलाई पनि भाग पुर्‍याउनुपर्छ।