१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १३ बिहीबार १६:२०:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

उत्तम पौडेलको ‘खुर्कोट बजारमा’ सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १३ बिहीबार १६:२०:००

गायक तथा सर्जक उत्तम पौडेलले पूर्वेली लोकगीत ‘खुर्कोट बजारमा’ सार्वजनिक गरेका छन्। आफ्नै शब्द र संगीत रहेको उक्त गीतमा गायक पौडेललाई पूर्वेली गायिका सुनिता थेगिमले साथ दिएकी छिन्।

अनिल कोयू राईले निर्देशन गरेको भिडियोमा सुरजचन्द्र घिसिङ र सम्झना राईको अभिनय छ। पौडेलले काठमाडौंबाट बिपी राजमार्ग हुँदै पूर्व खोटाङको दिक्तेल बजार र खुर्कोट बजार पुगिने भएकाले त्यस मार्ग यात्रा गर्ने दर्शक–स्रोतालाई लक्षित गरेर गीतको सिर्जना गरेको बताए।

रामेछाप सांस्कृतिक कलाकार समाजका वरिष्ठ उपाध्यक्षसमेत रहेका उनले दर्जनभन्दा बढी गीतमा स्वर दिएका छन्।