मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दिल बहादुर चौधरी
२०७५ चैत १२ मंगलबार २०:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सरकारले टीकापुर घटना जातिगत रुपमा हेर्‍याे : डा. भट्टराई 

Read Time : < 1 मिनेट
दिल बहादुर चौधरी
२०७५ चैत १२ मंगलबार २०:४०:००

नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले टीकापुर घटनालाई सरकारले राजनैतिक समाधान खोज्नु पर्ने बताएका छन् । पार्टीले आयोजना गरेको अन्तर संवाद कार्यक्रममा उनले थारु समुदायले अधिकारको आन्दोलन गर्दा भएको घटनालाई सरकारले अदालती प्रक्रियाबाट फैसला गरेर गल्ती गरेको बताए । 

थारुहरुले शान्ति पूर्ण गरेकाे आन्दोलनमा सरकारल मिसिल बनाई फैसला गर्दा पुनः आन्दोलन सिर्जना हुने सक्ने संयाेजक भट्टराईले बताए । पञ्चायतदेखि प्रजातन्त्र र द्वन्द्वकालीन विभिन्न समयमा हतियार उठाएको घटना भएको भन्दै सरकारले शान्ति प्रक्रियाको नाममा सबै मुद्दा फिर्ता लिन मिल्ने तर टीकापुर घटना जातिगत रुपमा हेरेर फैसला गर्न नमिल्ने बताएका हुन् ।

संयाेजक भट्टराईले भने, 'सोझालाई सितिमिती रिस उठदैन उठेपछि आँखा देख्दैनन्, थारु पनि सोझो भएर आक्रोशमा आउँदा टीकापुर घटना भएको हाे ।' सरकारले देश विखण्डन गर्छु भन्ने सिके राउतलाई राजनीतिक रुपमा समाधान गर्न मिल्ने तर थारुका मुद्दा फिर्ता लिन नमिल्ने न्याय संगत नभएको उनले बताए ।