मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७५ चैत १२ मंगलबार १९:२५:००
Read Time : < 1 मिनेट
समाचार

विप्लव समूहका भोजपुर इन्चार्ज पक्राउ 

Read Time : < 1 मिनेट
२०७५ चैत १२ मंगलबार १९:२५:००

पर्सा प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा भोजपुर इन्चार्ज बिगाप्रसाद चौरसीयालाई सोमबार साँझ पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका, १९ वर्वाटोलस्थित घर जान लागेका चौरसियालाई सडकबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चौरसियाविरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ अन्तर्गत सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । उनलाई मंगलबार अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको शर्माले बताए ।