मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
खगेन्द्र भट्टराई
२०७५ पौष ८ आइतबार १५:५५:००
Read Time : > 1 मिनेट
अर्थ

पहिलो चौमासिकमा कर्णालीको बजेट खर्च ११ प्रतिशत मात्र

Read Time : > 1 मिनेट
खगेन्द्र भट्टराई
२०७५ पौष ८ आइतबार १५:५५:००

कर्णाली प्रदेश सरकारको चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ४ अर्ब ६४ करोड ६३ लाख ५६ हजार बजेट खर्च गरेको जनाएको छ । यो कर्णालीको कुल बजेटको ११ दशमलव २५ प्रतिशत हो । 

२८ अर्ब २८ करोड २८ लाख २८ हजार रुपैयाँको महत्वाकांक्षी बजेट ल्याएको कर्णाली प्रदेश सरकारको पहिलो चौमासिकमा भएको खर्च प्रगतीले प्रदेश सरकारले लिएको लक्ष्य प्राप्त गर्न कठिन हुने देखाएको छ । एक अर्ब ऋण र ५ अर्ब सहभागी अनुदानबाहेक सरकारको जम्मा बजेट २२ अर्ब २६ करोड २८ लाख २८ हजार रुपैयाँ हो । 

‘संघीय सरकारको व्यवहार बाधक’ 
संघीय सरकारको प्रदेश सरकारप्रतिको व्यवहार बजेट र योजना कार्यान्वयनको बाधक भएको सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । ‘अहिले पनि संघीय सरकारले आवश्यकता अनुसार कर्मचारी पठाएको छैन,’ उनले भने, ‘सरकारको आफ्नै संरचना नहुँदा बजेट कार्यान्वयनमा केही कमी देखिएको हो ।’ दोस्रो चौमासिकबाट विकास बजेट कार्यान्वयन द्रुतगतिमा अघि बढ्ने उनको भनाई छ । 

एक दर्जन कानून निर्माण 
कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट कार्यान्वयनका लागि विभिन्न एक दर्जन ऐन, नियम, निर्देशिका र कार्यविधी पारित गरि कार्यान्वयनमा ल्याएको जनाएको छ । मन्त्रालयले पाँच वटा ऐन, तीन वटा नियमावली, दुई वटा निर्देशिका, दुई कार्यविधि र दुई आयोग गठन आदेश निर्माण गरी पारित गरेको छ । 

गोष्ठि र तालिम सञ्चालन सरकारका उपलब्धी 
कर्णाली सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले विभिन्न समयमा गरिएका तालिम तथा गोष्ठि सञ्चालनलाई चालु आर्थिक वर्षको पहिलो चौमासिकको उपलब्धी ठानेको छ । ‘राजश्व संकलन, बाँडफाँट र प्रदेश तथा स्थानीय सञ्चित कोषमा रकम जम्मा गर्ने सम्बन्धमा प्रदेशस्थित यातायात कार्यालय, मालपोत कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय प्रमुखसँग छलफल कार्यक्रम सम्पन्न गरिएको छ’ मन्त्रालयको प्रगती विवरणमा उल्लेख छ ।