मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असोज ११ मंगलबार १८:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनीमा थन्किएका विद्युतीय बसबारे २४ घण्टाभित्र जानकारी गराउन गृहमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
२०७९ असोज ११ मंगलबार १८:१३:००

लुम्बिनीमा वर्षदेखि बेवारिसे बनेको विद्युतीय बस तत्काल सञ्चालन गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्। ४३औँ विश्व पर्यटन दिवसको अवसरमा बेलहियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले पर्यटकको सुविधाका लागि एसियाली विकास बैंकले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका सवारीसाधन तत्काल सञ्चालनमा ल्याउन कोषलाई निर्देशन दिए। 

‘के कारणले बस सञ्चालनमा रहेका छैनन् सञ्चालन गर्न नसक्ने भए सक्दिन भन्नुुपर्यो,’ गृहमन्त्री खाणले भने। कोष, पर्यटन व्यवसायी, उद्योगी व्यवसायी तथा सरोकारवालाहरूसँग विद्युतीय बस सञ्चालनमा देखिएका समस्या र समाधानका उपायबारे बैठक राखेर सञ्चालनमा कुनै कठिनाइ भएमा सोको जानकारी २४ घण्टाभित्र आफूलाई गराउन रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई समेत गृहमन्त्रीले निर्देशन दिए। कार्यक्रममा स्थलमार्गबाट नेपाल भित्रिएका पर्यटकहरूलाई स्वागत गरिएको थियो।