१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ असोज ११ मंगलबार ०६:०७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लमजुङमा चाडपर्वलक्षित बजार अनुगमन : विनादर्ता सञ्चालन गरिरहेका चारवटा पसल बन्द

Read Time : < 1 मिनेट
२०७९ असोज ११ मंगलबार ०६:०७:००

 दसैँ नजकिएसँगै लमजुङमा बजार अनुगमनलाई तीव्रता दिइएको छ । दसैँ–तिहारमा हुन सक्ने कृत्रिम अभाव, म्याद गुज्रेका अखाद्य वस्तु र अस्वाभाविक मूल्यवृद्धिलाई नियन्त्रण गर्न घरेलु कार्यालय लमजुङको नेतृत्वमा बजार अनुगमन गरिएको हो ।

घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा सदरमुकाम बेँसीसहर बजारमा आइतबार १४ वटा पसलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा पापड, सुजी, चाउमिन, चामलको पिठो, ज्वानो, बिस्कुट, सुर्तीलगायतका म्याद सकिएका सामान जफत गरिएको छ । लेबलिङ नभएका खाद्य वस्तुलाई लेबलिङ गर्न निर्देशनसमेत दिइएको घरेलु कार्यालयका प्रमुख मिताकुमारी थापाले बताइन् । लमजुङका व्यवसायीले बजार अनुगमन समितिको सुझाव नमान्दा उपभोक्ता मारमा परेको घरेलु कार्यालय लमजुङकी प्रमुख थापाले बताइन् । हरेक स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति गठन भए पनि  काम गर्न सकेका छैनन् ।

दोर्दी गाउँपालिकाको केन्द्र नौथर सेरामा सोमबार बजार अनुगमन भएको छ । खाद्यान्न पसल, होटेल, फेन्सी पसल, टेलरिङ सेन्टर, तरकारी तथा फलफूल पसल, फ्रेस हाउसलगायत १८ वटा पसलमा अनुगमन गरिएको थियो । त्यस क्रममा म्याद गुज्रेका समानसमेत बरामद गरिएको छ । त्यस्तै, विनादर्ता सञ्चालन गरिरहेका चारवटा पसल बन्द गरिएको छ ।