मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १० सोमबार १७:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टिकट नपाउँदा पार्टीकाे निर्णयविपरीत जाने प्रवृत्तिले राम्रो गर्दैन : नेता सिंह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १० सोमबार १७:१४:००

कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिमा धीरता आवश्यक हुने बताएका छन्। 

कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै नेता सिंहले नेता कार्यकर्तालाई धैर्यका साथ राजनीतिमा लाग्न आग्रह गरेका हुन्।

उनले टिकटको लागि सीमित सिटमा धेरैको आकांक्षा रहेको भन्दै सबैले पाउन नसक्ने बताए। पार्टी निर्णयविपरीत जाने प्रवृत्तिले पार्टीलाई राम्रो नगर्ने भन्दै उनले संस्थापक नेताहरूको जीवनीबाट सिक्न आग्रह गरे। 

दसैँतिहार, छठ तथा नेपाल सम्वत् जतिकै महत्त्वपूर्ण पर्व मुलकका लागि आउँदै गरेको आमनिर्वाचन भएको उनको भनाइ थियो। 

निर्वाचनमार्फत मुलकमा राजनीति स्थायित्व कायम राख्ने अवसर पाउँदा हरेक संकटमा मुलुकलाई निकास दिएकाले कांग्रेसलाई अवसर दिए काम गरेर देखाउने बताए। 

उनले कांग्रेसको पक्षमा मत माग्न गाउँबस्तीमा जान कार्यकर्तालाई निर्देशन दिए। कार्यक्रममा कांग्रेसका सभापति दुर्लभ थापाले राजनीतिलाई व्यापारीकरण गर्ने नवधनाड्यहरूलाई राजनीति विशुद्ध सेवा हो भन्ने पाठ सिकाउन आफूहरूले भक्तपुरबाट अभियान थालेको बताए।