१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस झापा
२०७९ असोज १० सोमबार १३:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आजदेखि पूर्वीनाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

Read Time : < 1 मिनेट
रासस, झापा
२०७९ असोज १० सोमबार १३:५९:००

मेची भन्सार कार्यालयले आजदेखि पूर्वीनाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारीसाधनलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ।

तीन वर्षदेखि भारतीय सवारीसाधनलाई यो सुविधा दिइएको थिएन। भन्सार कार्यालयले आइतबार सूचना जारी गरेर असोज १० गतेदेखि नाकाबाट प्रवेश गर्ने भारतीय जिप, कार र मोटरसाइकल आदिलाई ‘सुविधा पास’ दिइने जानकारी गराएको छ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवप्रसाद ओलीले मेची उद्योग वाणिज्य संघ र पर्यटन व्यवसायसँग आबद्ध संघसंस्थाले सीमानजिकको बजारसम्म भारतीय सवारीसाधनलाई सुविधा पासमा प्रवेश दिन माग गर्दै आएको बताए। संघले मेची भन्सार कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग दोहोर्‍याएको थियो। भन्सार कार्यालयले व्यवसायीसँग यस विषयमा छलफलसमेत गरेको थियो। 

मेची भन्सार कार्यालयको सूचनामा त्यस्तो सुविधा बिहान ८ देखि बेलुका ५ बजेसम्म चल्ने गरी भारतीय गाडीले पाउने उल्लेख छ। यो सुविधा पास पाउन भारतीय सवारीसाधनले कुनै शुल्क बुझाउनुपर्दैन। यसअघि भारतीय गाडीले २४ घन्टासम्म नेपालको सीमाभित्र सवारी सञ्चालन गर्न दैनिक रु पाँच सय तिरेर अस्थायी अनुमतिपत्र लिनुपर्थ्यो।

मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले भारतीय नम्बर प्लेटका निजी प्रयोजनका सवारीसाधनले नेपालसँगको सीमा नाघेर धुलाबारी बजारसम्म आउन ‘सुविधा पास’ पाउँदा नेपाली बजारमा चहलपहल बढ्ने बताए।

‘पहिले यस्तो सुविधा पास दिने व्यवस्था हुँदा हाम्रो व्यापार व्यवसाय र पर्यटन फस्टाएको थियो,’ मेची भन्सार एजेन्ट संघका अध्यक्षसमेत रहेका निरौलाले भने, ‘सुस्ताउँदै गएको हाम्रो सीमावर्ती काँकडभिट्टा, इँटाभट्टा र धुलाबारीमा भारतीय पर्यटक र व्यवसायीको सहज आवागमनले बजार चलायमान हुने अपेक्षा गरेका छौँ।’