१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असोज ९ आइतबार ०७:३१:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

३४ खेलसम्म अर्जेन्टिना अपराजित

Read Time : < 1 मिनेट
२०७९ असोज ९ आइतबार ०७:३१:००

कप्तान लियोनल मेसीले दुई गोल गरेको खेलमा होन्डुरसलाई ३–० ले हराउँदै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रालाई ३४औँ खेलसम्म निरन्तर राखेको छ । अर्जेन्टिनालाई लाउटारो मार्टिनेजले १६औँ मिनेटमा अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मेसीले पेनाल्टीमार्फत गोल गर्दा अर्जेन्टिना २–० ले अघि बढ्यो ।

मेसीले ६९औँ मिनेटमा अर्को गोल थपे । मेसीले यससँगै आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या ८८ पु¥याएका छन् । उनले एक सय ६३ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।  अर्जेन्टिनाले अब बुधबार जमैकासँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यस्तै, कतार विश्वकपमा २२ नोभेम्बरमा अर्जेन्टिनाले आफ्नो सुरुवाती खेलमा साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ ।