१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ८ शनिबार १६:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समानुपातिकको नाम नसच्चाए विकल्प सोच्ने कांग्रेस नेता केसीको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ८ शनिबार १६:४९:००

नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले पार्टीमा समानुपातिकको नाम नसच्चिए विकल्प सोच्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन्। थापागाउँमा आयोजित कांग्रेस संस्थापन इतरसमूहको भेलालाई सम्बोधन गर्दै उनले समानुपातिकको सूची एकपक्षीय रहेकाले सच्याउनुपर्ने बताए।

‘कतै कसैलाई समानुपातिकमा पुर्याइपुर्याई गन्दा यो समूहको नाम सातौँ–आठौँ नम्बरमा छ। यो समूहको नाम जोडिएको भए पनि अधिकांश एकपक्षीय रूपमा नाम समावेश भएको छ,’ नेता केसीले भने, ‘१६ गतेसम्म नसच्याउने हो भने त्यसको विकल्पमा हामी अगाडि बढ्नुपर्ने परिस्थिति निर्माण हुन सक्छ।’

प्रत्यक्षतर्फको टिकट वितरणमा पनि उही अवस्था आउन सक्ने सम्भावना देखिएको भन्दै उनले आफ्नो समूहले बाध्य भएर खबरदारीसभामा आयोजना गरेको जिकिर गरे। सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक एकतालाई भन्दा पाँचदलीय गठबन्धनलाई प्राथमिकतामा राखेको उनको आरोप छ। केसीले आन्तरिक एकता बलियो भए कांग्रेसलाई अन्य दलसँग गठबन्धन गरेर जानुनपर्ने बताए।