१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ५ बुधबार १०:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिबाट व्यवस्थामाथि निरन्तर प्रहार भयो : पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ५ बुधबार १०:००:००

कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाट व्यवस्थामाथि प्रहार भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया व्यक्त गर्दै पौडेलले यस्तो बताएका हुन् ।
जननिर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नुपर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको उनले बताएका छन् । बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनु व्यवस्थामाथिको प्रहार भन्दै उनले भर्त्सना गरेका छन् ।

‘जननिर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नुपर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको छ । बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनु व्यवस्थामाथिको प्रहार हो । म यसको भर्त्सना गर्दछु,’ उनले लेखेका छन् ।