१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
बस्तीमा बाढी नसुकेपछि विस्थापित भएएका कैलालीको भजनी, कैलारीका बाढीपीडित । तस्बिर : तेजराज भट्ट/नयाँ पत्रिका
२०७९ असोज ४ मंगलबार २३:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

Read Time : < 1 मिनेट
२०७९ असोज ४ मंगलबार २३:११:००

सुदूरपश्चिम प्रदेश सरकारले हालैको बाढीपहिरोमा आफन्त गुमाएका र घरमा क्षति भएका परिवारलाई राहतस्वरूप दिने भएको छ । मृतकका परिवारलाई राहतस्वरूप एक लाख रुपैयाँ र किरिया खर्चबापत थप २० हजार रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले जानकारी दिए । घर क्षति भएकालाई प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय सरकारले गरेको छ । 

पीडितलाई तत्काल खाद्यान्न, त्रिपाललगायत राहत सामग्री वितरणका लागि सम्बन्धित स्थानीय तहहरूलाई प्रदेश सरकारले नगद रकम निकासा दिने मन्त्री रावलले बताए । गत शुक्रबार र शनिबारको बाढीपहिरो र डुबानले सुदूरपश्चिममा धनजनको ठूलो क्षति भएको छ । 

अविरल वर्षापछि सुदूरपश्चिमका विभिन्न जिल्लामा गत शुक्रबार आएको बाढीपहिरोमा परेर २६ जनाले ज्यान गुमाएका छन् । अछाममा २३ र कैलालीमा तीनजनाको मृत्यु भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । कैलाली र कञ्चनपुरमा दर्जनौँ घर डुबानमा परेका छन् । डुबान र कटानले कतिपय घर बगेका छन् । 

घरभित्र रहेको अन्न र लुगाफाटो बगेपछि पीडित परिवारको बिचल्ली भएको छ । विस्थापित भएका परिवार घर फर्केका छन्, तर घरभित्र बाढी नसुक्दा र अन्नपात भिजेकाले उनीहरूलाई समस्या भएको छ ।