१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
वेदा श्रेष्ठ, असिस्टेन्ट म्यानेजर अग्नि ग्रुप मानव संसाधन विभाग
नवीन अर्याल
२०७५ चैत १२ मंगलबार ०९:३८:००
Read Time : > 4 मिनेट
फिचर

विदेशमा सिकेको ज्ञान आफ्नै कम्पनीमा

Read Time : > 4 मिनेट
नवीन अर्याल
२०७५ चैत १२ मंगलबार ०९:३८:००

वेदा श्रेष्ठ, बिहान सबेरै अफिस जान्छिन् । साँझ मात्र घर फर्किन्छिन् । आफ्नै कम्पनीमा सिनियर कर्मचारीको अन्डरमा काम मात्र गर्ने होइन, अरू कर्मचारीले झैँ तलब पनि बुझ्छिन् । विगत एक वर्षदेखि पारिवारिक व्यवसायमा संलग्न भएकी उनले अग्नि ग्रुपको मानव संसाधन व्यवस्थापन उत्कृष्ट बनाउने अठोट लिएकी छिन् । 

उनको परिवारको मुख्य व्यापार महिन्द्रा गाडी हो । अग्निले वार्षिक अर्बौंको कारोबार गर्छ । अग्नि ग्रुप सरकारलाई राजस्व बुझाउने प्रमुख १० कम्पनीभित्र पर्छ । बुबा क्याबिनेट र आमा सुशान श्रेष्ठले स्थापित गरेको व्यवसायलाई छोरी वेदाले अझ उचाइमा पुर्‍याउनु छ । उनले कम्पनीको मानव संसाधन विकासमा बढी जोड दिइरहेकी छिन् । ‘कम्पनीलाई सफल बनाउन कर्मचारीको मुख्य भूमिका हुन्छ,’ उनी भन्छिन्, ‘कम्पनीमा मेरो फोकस नै कर्मचारीको वर्क–लाइफ ब्यालेन्स हो ।’

उनी कर्मचारीको अफिसको काम र व्यक्तिगत जीवन सन्तुलित हुनुपर्ने धारणा राख्छिन् । कर्मचारीले सन्तुष्ट मुद्रामा काम गर्न सक्नुपर्ने तथा कर्मचारी र रोजगारदाताबीच पारिवारिक सम्बन्ध स्थापित हुनुपर्छ भन्ने जोड उनको छ । ‘कर्मचारीको ज्ञान बढाउने, सीप सिकाउने तथा धारणामा सकारात्मक परिवर्तन पनि ल्याउन सक्नुपर्छ । अनि मात्र कर्मचारीको ‘आउटपुट’ बढ्छ,’ वेदाको बुझाइ छ ।

‘कर्मचारीसँग कस्तो व्यवहार गर्ने, उनीहरूलाई कसरी सन्तुष्ट बनाउने, कार्यदक्षता कसरी बढाउने, काममा कसरी बढी इंगेज गराउने, ‘वर्क–लाइफ ब्यालेन्स’ कसरी गर्नेलगायतका धेरै कुरा बुझ्न पाएँ,’ वेदा भन्छिन्, ‘विदेशमा सिकेको ज्ञान र सीप आफ्नो कम्पनीमा कार्यान्वयन गर्दै छु ।’ 

चार कक्षासम्म नेपालमै पढेकी वेदाले इन्डियाको द लरेन्स स्कुलमा १० कक्षासम्म पढिन् । नेपाल फर्किएर माल्पी इन्टरनेसनल कलेजबाट ए लेभल सकेर स्नातक पढ्न अस्ट्रेलिया पुगिन् । उनको रुचि सोसोलोजी र ह्युमन रिसोर्समा । अस्ट्रेलियाको नामी कलेजबाट मानव संसाधन व्यवस्थापनमा ग्र्याजुएट गरिन् । त्यहीँको विभाग हेल्थ केयर कम्पनीमा मानव संसाधन विभागमा रहेर ६ महिना काम गरिन् । नेपाल फर्किनेबित्तिकै महिन्द्रा एन्ड महिन्द्राको मुख्यालय मुम्बई पुगेर ६ महिना कार्यानुभव हासिल गरिन् । जापान गएर तीन हप्ताको मानव संसाधन व्यवस्थापनसम्बन्धी तालिम लिइन् । 

विदेशमा काम गर्दा त्यहाँको वर्किङ कल्चर बुझ्ने मौका मिलेको उनी बताउँछिन् । ‘कर्मचारीसँग कस्तो व्यवहार गर्ने, उनीहरूलाई कसरी सन्तुष्ट बनाउने, कार्यदक्षता कसरी बढाउने, काममा कसरी बढी इंगेज गराउने, ‘वर्क–लाइफ ब्यालेन्स’ कसरी गर्नेलगायतका धेरै कुरा बुझ्न पाएँ,’ उनी भन्छिन्, ‘विदेशमा सिकेको ज्ञान र सीप आफ्नो कम्पनीमा कार्यान्वयन गर्दै छु ।’ 

दाको बुझाइमा विदेश र नेपालको वर्किङ कल्चर फरक छ । कतिपय कुरामा समानता पनि छ । अस्ट्रेलिया विकसित मुलुक हो । त्यहाँको कर्पोरेट क्षेत्रमा ‘वर्क–लाइफ’ सन्तुलनमा छ । भारत र नेपालको वर्किङ कल्चरमा धेरै समानता छ । तर पनि ठूला कर्पोरेट हाउसबाट धेरै सिक्नुपर्ने उनी बताउँछिन् । बुबाआमाले सुरु गरेको व्यवसायबारे पहिला उनलाई त्यति थाहा थिएन । ‘काम जान्न सिक्नुपर्छ, तर आफ्नै कम्पनीमा काम गरेर सिकिँदैन, जति अरूकोमा गर्दा सिक्न पाइन्छ,’ उनी भन्छिन्, ‘कर्मचारीकै तहबाट काम सिक्न मुम्बई पुगेकी हुँ ।’ विदेशमा काम गर्दा धेरै सिक्न पाएको उनी बताउँछिन् ।

अग्नि ग्रुपको मानव संसाधन विभाग प्रमुख हुन्, प्रतिभा यादव । वेदा असिस्टेन्ट म्यानेजर छिन् । प्रतिभा कम्पनीमा जोडिएको दशक पुग्न थालिसक्यो । उनलाई कम्पनीका बारेमा धेरै जानकारी छ । त्यसैले वेदाले प्रतिभासँग सहकार्य गरेर काम गरिरहेकी छिन् । उनी प्रत्येक दिन कर्मचारीसँग छलफल गर्छिन् । कहिले समूहमा त कहिले व्यक्तिसँग । कर्मचारीको अफिसको काम र व्यक्तिगत जीवनबीच कसरी तालमेल ल्याउन सकिन्छ भनेरसमेत उनले छलफल चलाउने गरेकी छिन् । 

रोजगारदाता र कर्मचारीबीच दूरी कम गरेर पारिवारिक सम्बन्ध विकास गर्न प्रयासरत छिन्, वेदा । ‘मैले कर्मचारीको स्वास्थ्य कसरी फिट राख्ने भनेर छलफल गरिरहेकी छु,’ उनी भन्छिन्, ‘यसका लागि योगा, जुुम्बा, स्पोर्टस्लगायतमा जोड दिइएको छ ।’ त्यसअन्तर्गत कुपन्डोल अफिसमा प्रत्येक शुक्रबार जुम्बा डान्स हुन्थ्यो । केही समयदेखि जुम्बा रोकिएको छ । जुम्बा अझै प्रभावकारी बनाउने उनको योजना छ । उनको बुझाइमा एउटा व्यक्ति पूरै खुसी हुनका लागि मेन्टल, इमोसनल र स्प्रिचुअल रूपमा तन्दुरुस्त हुनुपर्छ । 

वेदाले टिम बिल्डिङमा पनि जोड दिइरहेकी छिन् । ‘वर्क–लाइफ’ सुधार गर्न अध्ययन गरिरहेकी छिन् । हरेक कर्मचारीको समस्या र गुनासो सुन्ने गरेकी छिन् । विदेशमा कर्मचारीका लागि ‘चाइल्ड केयर सेन्टर’ हुन्छन् । यहाँ छैन । यदि परिवारको सहयोग नभए बच्चा हुनेहरूका लागि धेरै असहज हुन्छ । ‘तर, हाम्रोमा ठूलो परिवार हुन्छ, अभिभावकले हेरिदिनुहुन्छ, विदेशमा यस्तो सुविधा हुँदैन,’ उनी सुनाउँछिन् ।

नेपालको व्यावसायिक क्षेत्रमा मानव संसाधन व्यवस्थापनका लागि छुट्टै विभाग गठन गर्ने प्रचलन सुरु भएको दशक पुगेको छैन । उत्पादन प्रणालीमा मानव संसाधनको महत्वबोध हुँदै गएपछि व्यावसायिक क्षेत्रमा मानव संसाधन विभागलाई महत्व दिन थालिएको हो । अहिलेको दुनियाँमा मानव संसाधन विकासविना कम्पनीको सफलता कल्पना गर्न सकिँदैन । अझै पनि नेपालको व्यावसायिक क्षेत्र मानव संसाधान व्यवस्थापनमा धेरै पछाडि छ । विदेशमा मानव संसधानको महत्व बुझेर फर्किएकी वेदाले यसैलाई जोड दिएकी छिन् । 

नेपाली कर्मचारीको मानसिकता 
विदेशमा कर्मचारीले भन्नेबित्तिकै काम फत्ते गर्छन् । ‘तर, नेपालमा कर्मचारीलाई सम्झाइरहनुपर्ने रहेछ, एकचोटि भनेर नहुने रहेछ,’ वेदा भन्छिन्, ‘हामी अस्ट्रेलिया र भारतमा एकचोटि भनेपछि काम गरिहाल्थ्यौँ ।’ उनी कामका लागि कर्मचारीलाई फलोअप गरिरहनुपर्ने कुरामा सुधार गर्नुपर्ने जरुरी देख्छिन् । कर्मचारीलाई खुसीसाथ मन लगाएर काम गराउनु नै उनको उद्देश्य हो । ‘कर्मचारीले मोटिभेटेड भएर काम गर्नुपर्छ,’ उनी भन्छिन्, ‘कुनै काम लागिपरेर गरेमा आउटपुट डबल हुन्छ, म यसैमा काम गरिरहेकी छु ।’ 

वेदालाई गाडीमा रुचि छ । कुन गाडी कहाँ पुगेको छ, कुन गाडी कहाँ लोकप्रिय छ भन्ने पनि थाहा छ । ‘सुरुमा बाटो खुल्नेबित्तिकै महिन्द्रा गाडी पुग्छ,’ उनी सुनाउँछिन्, ‘कतिपय ठाउँमा त हेलिकोप्टरमा बोकेर पनि महिन्द्रा गाडी पुर्‍याएको सुनेकी छु ।’

परिवारको अटोमोबाइल्स व्यवसाय । वेदालाई पनि गाडीमा रुचि छ । बिजनेस पनि त्यही पर्‍यो । उनलाई महिन्द्राको बारेमा पूरै जानकारी छ । कुन गाडी कहाँ पुगेको छ ? कुन गाडी कहाँ लोकप्रिय छ ? भन्ने पनि थाहा छ । ‘सुरुमा बाटो खुल्नेबित्तिकै महिन्द्रा गाडी पुग्छ,’ उनी सुनाउँछिन्, ‘कतिपय ठाउँमा त हेलिकोप्टरमा बोकेर पनि महिन्द्रा गाडी पुर्‍याएको सुनेकी छु ।’

उनलाई व्यवसाय सिक्न परिवारको ठूलो सहयोग छ । अफिसका कर्मचारीले पनि उत्तिकै सहयोग गरिरहेका छन् । यसले आत्मविश्वास बढाउँदै लगेको छ । भन्छिन्, ‘म मज्जाले बिजनेस ह्यान्डल गर्न सक्छु ।’ बुबा क्याबिनेट पनि छोरीले कम्पनीको मानव संसाधन व्यवस्थापनप्रति देखाएको लगावले सन्तुष्ट देखिन्छन् । भन्छन्, ‘छोरीले बाहिर सिकेको अनुभव कम्पनीमा कार्यान्वयन गर्दै छिन् । खुसी लाग्छ ।’

पेन्टिङ र ड्राइभमा रुचि 
वेदालाई गाडीमा लङ ड्राइभ जान मन छ । तर, अहिलेसम्म उपत्यकाबाहिर गएकी छैनन् । काठमाडौंमा गाडी चलाउँछिन् । उनको सपना छ, आफैँले गाडी चलाएर काठमाडौंबाहिर घुम्न जाने । उनलाई सबैभन्दा बढी रुचि पेन्टिङमा छ । ‘मैले धेरै आर्ट गरेकी छु, आर्ट सो हुँदा हेर्न जान्छु,’ उनी भन्छिन्, ‘आर्ट मेरो हबी हो, स्कुल पढ्दादेखि नै आर्ट गर्थें ।’ अहिले पनि उनी फुर्सदमा पेन्टिङ वा ड्रइङ गरिरहेकी हुन्छिन् ।

खेलकुदमा पनि उत्तिकै रुचि राख्ने वेदा सितेरियो करातेको ब्ल्याक बेल्ट हुन् । भारतमा पढ्दा सुटिङ सिकिन् । उनले सन् २०११ को नेसनल राइफल सुटिङ प्रतियोगितामा भाग लिएकी थिइन् । तर, जितिनन् । भन्छिन्, ‘म पहिलोपटक राष्ट्रिय स्तरको खेलकुदमा सहभागी भएकी थिएँ । स्कुल र कलेज पढ्दा खेलकुदमा विशेष रुचि राख्थेँ । मलाई स्विमिङ पनि मन पर्छ ।’ गीत–संगीत सुन्नमा पनि वेदाको रुचि छ ।