मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ चैत १२ मंगलबार ०९:१९:००
Read Time : < 1 मिनेट
प्रदेश

लमजुङको बेसींसहरका दुई पसलमा आगलागी

लाखाैंकाे क्षति भएको अनुमान     

Read Time : < 1 मिनेट
२०७५ चैत १२ मंगलबार ०९:१९:००

गएराति लमजुङ सदरमुकाम बेसीसहरको मध्य भागमा रहेका दुई पसलमा आगलागी भएको छ ।  विद्युत सर्ट भई राति १२ बजे आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीबाट बेसिसहर-८ स्थित उत्तरबहादुर परियारको कपडा पसल र रूपेश थापाको कम्युटर मर्मत तथा इन्स्टिचुटमा क्षति भएको छ ।

प्रहरी र स्थानीय मिलेर दमकलको सहायताले राति १ बजे आगो निभाएका थिए । दुई पसल जलेपनि अन्य घरमा आगो सल्किनबाट जोगाएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यलय लमजुङका प्रहरी प्रमुख डीएसपी यादव ढकालका अनुसार आलालागीबाट कपडा पसलमा ३० लाख र कम्प्युटर पसलमा २० लाखको क्षति भएको अनुमान गरिएको छ । यद्यपी क्षतिको पूर्ण विवरण  आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।