मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ३ सोमबार १८:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादीकाे बन्दसूचीमा महरासहित बाबुरामका पाँच नेता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ३ सोमबार १८:२४:००

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गरेको छ।

माओवादी केन्द्रले सोमबार निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची पेस गरेको हो।

माओवादी केन्द्रले बन्दसूचीमा पदाधिकारीबाट उपाध्यक्ष कृष्णबहादुर महराको नामसमेत समावेश गरेको छ। महरा दाङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए। २०७४ सालको निर्वाचनमा उनी त्यही क्षेत्रबाट चुनाव जितेका थिए।

त्यस्तै, माओवादी केन्द्रले बाबुराम भट्टराईतर्फका पाँचजनाको नाम पनि बन्दसूचीमा समावेश गरेको छ।