मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ३ सोमबार १७:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आर्किटेक्चरल तथा इन्जिनियरिङ परामर्श क्षेत्रका समस्याबारे गोष्ठी सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ३ सोमबार १७:१८:००

नेपालमा आर्किटेक्चरल तथा इन्जिनियरिङ परामर्शको क्षेत्रमा देखिएका विविध समस्याहरूको बारेमा दुईदिने आवासीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ। नेपालका आर्किटेक्चरल तथा इन्जिनियरिङ परामर्शदाता संस्थाहरूको छाता संगठन सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म्स (स्काएफ नेपाल)ले १ र २ आश्विनमा धुलिखेलमा उक्त गोष्ठी आयोजना गरेको हो।

स्काएफ नेपाल सम्बद्ध ४० परामर्शदाता संस्थाहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा नेपाली परामर्शदाता संस्थाहरूले भोग्नुपरेको मुख्य समस्याको चुरो परामर्श सेवा विकास ऐन जारी हुन नसक्नु रहेकोमा सबैको मतैक्यता रहेको थियो।

हाल मस्यौदा मात्र तयार भएको उक्त ऐनमा आवश्यक गृहकार्य गरी नवनिर्वाचित हुने संसद्बाट पारित गराउन सम्पूर्ण कोसिस गर्ने निर्णय कार्यशाला गोष्ठीले गरेको छ। त्यसका लागि यसअघि नै गठित टास्क कमिटीलाई गोष्ठीले निर्देशन दिएको छ। कमिटीले ६ महिनाभित्र आवश्यक सबै गृहकार्य गर्ने विश्वास आफूले लिएको स्काएफका अध्यक्ष ई. टुकलाल अधिकारीले बताए।