१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ३ सोमबार ०६:०६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कुमारी बैंकले ल्यायो सय गुणासम्म रकम वृद्धि गर्ने निक्षेप योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ३ सोमबार ०६:०६:००

कुमारी बैंक लिमिटेडले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँचदेखि सय गुणा वृद्धि गर्ने विशेष ‘धनवृद्धि रिकरिङ मुद्दती’ योजना ल्याएको छ । ग्राहकले आफ्नो चाहना तथा भविष्यको आवश्यकताअनुसार न्यूनतम १० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म प्रारम्भिक बिज रकम जम्मा गरी समयअनुसार धनवृद्धि लक्ष्य प्राप्त गर्न सक्ने योजना ल्याएको हो । 

योजनाअनुसार रकम जम्मा गरेको रकम दुई वर्ष आठ महिना तीन दिनमा पाँच गुणा धनवृद्धि हुने जनाइएको छ । त्यस्तै, पाँच वर्ष एक महिना ११ दिनमा १० गुणा, सात वर्ष पाँच दिनमा १५ गुणा, आठ वर्ष ६ महिना २७ दिनमा २० गुणा, १४ वर्ष ६ महिना १७ दिनमा ५० गुणा र १९ वर्ष नौ महिना १६ दिनमा एक सय गुणा धनवृद्धि हुने जनाइएको छ ।

 यस आवर्ती (रिकरिङ) योजनाअन्तर्गत प्रारम्भिक बिज रकमकोे १० प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको जनाइएको छ । यस योजनाबाट न्यूनदेखि उच्च आयवर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने बैंकले उल्लेख गरेको छ । बैंकले हाल देशभरमा एक सय ९८ शाखा, एक सय ९५ एटिएम, ५३ शाखारहित बैंकिङ इकाइ तथा २४ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।