मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७९ असोज २ आइतबार ०७:५९:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसीको नेतृत्व गर्न चाहन्छन् गांगुली

Read Time : < 1 मिनेट
एजेन्सी
२०७९ असोज २ आइतबार ०७:५९:००

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) अध्यक्ष ग्रेग बार्क्लेलेको कार्यकाल आगामी नोभेम्बरमा सकिँदै छ । यता, भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)का अध्यक्ष सौरभ गांगुली आइसिसीमा अध्यक्षको उम्मेदवारी दिने तयारीमा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बार्क्लेलेले पनि आफू नयाँ कार्यकालका लागि फेरि अध्यक्ष उठ्न सक्ने संकेत गरेका छन् । ‘मेरो कार्यकाल नोभेम्बरमा सकिँदै छ । म आगामी दुई वर्षको कार्यकालका लागि योग्य छु । यदि सदस्यहरू चाहन्छन् भने म चुनावका लागि उपलब्ध छु,’ हालै बेलायतको बर्मिङघममा भएको आइसिसी बैठकमा बार्क्लेलेले भनेका थिए । 

भारतका पूर्वस्टार क्रिकेटर गांगुली पनि बिसिसिआईमा दोहोरिने मनस्थितिमा छैनन् । बरु, बिसिसिआई अध्यक्षमा वर्तमान सचिव जय शाहलाई साथ दिने उनको योजना छ । 
बिसिसिआईका अधिकांश पदाधिकारीले पनि आइसिसी अध्यक्षमा गांगुली र बिसिसिआई अध्यक्षमा शाहलाई साथ दिने वाचा गरिसकेका छन् ।

कसरी चुनिन्छ आइसिसीको अध्यक्ष ?
आइसिसीका १६ सदस्यले चुनावमा भोट खसाल्न पाउनेछन् । जसमा १२ टेस्ट मान्यता प्राप्त देश रहनेछन् । दक्षिण अफ्रिका, भारत, पाकिस्तान, बंगलादेश, इंग्ल्यान्ड, अस्टे«लिया, वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, न्युजिल्यान्ड, अफगानिस्तान र आयरल्यान्ड छन् । यी १२ देशले एक–एक मताधिकार पाउनेछन् । यसबाहेक मलेसिया, स्कटल्यान्ड र सिंगापुर तीन भोटर रहनेछन् । त्यस्तै, एक भोट स्वतन्त्र हुनेछ, जुन गोप्य राखिनेछ । १६ मा ९ भोट ल्याउने आइसिसीको नयाँ अध्यक्ष चुनिनेछ ।