मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
लन्डन
२०७९ असोज १ शनिबार ११:१०:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अफेयर खुलासापछि दक्षिण अफ्रिकी रग्बी खेलाडी घर फर्किए

Read Time : < 1 मिनेट
लन्डन
२०७९ असोज १ शनिबार ११:१०:००

रग्बीको विश्व च्याम्पियन दक्षिण अफ्रिकाले महत्वपूर्ण खेलाडी इल्टोन जान्टिजेसलाई अर्जेन्टिनाबाट घर फर्काएको छ । इल्टोन घर फर्कनुको सामान्य कारण थियो । दक्षिण अफ्रिकी रग्बी टोलीकी एक विवाहित महिलासँग प्रेमसम्बन्ध राखेका इल्टोनलाई टोलीले घर फर्काएको हो । उनले जिनात सिम्जीसँग प्रेमसम्बन्ध राखेका हुन् । 

अर्जेन्टिनी मिडियाले इल्टोन र जिनातबीच अफेयर चलिरहेको समाचार आइतबार प्रकाशित गरेको थियो । जिनातले दक्षिण अफ्रिकी रग्बी टोलीसँगै न्युट्रसन अफिसियलका रूपमा अर्जेन्टिना भ्रमण गरेकी हुन् । 

रिपोर्टका आधारमा दक्षिण अफ्रिकी रग्बी टोलीले राष्ट्रिय टोलीको नियम तोडेका कारण खेलाडी इल्टोनलाई घर पठाउने निर्णय गरेको जनाएको छ । गत मे महिनामा जिनातले हवाई यात्राका क्रममा विवादास्पद वस्तु लुकाएर यात्रा गरेकी थिइन् । प्रहरीले तत्काल उनलाई पक्राउ गरेको थियो । दक्षिण अफ्रिकाका खेलाडी इल्टोन तीन सन्तानका पिता हुन् । 

उनले जिनातसँग विवाह गर्ने विश्वास दिलाउँदै प्रेमसम्बन्ध अगाडि बढाएका हुन् । रेनबाउ राष्ट्रिय संघले विवाहित व्यक्तिले विवादास्पद महिलासँग कानुनविपरीत सम्बन्ध राखेका कारण नै टोलीबाट हटाउने सुझाव दिएको थियो । 

‘अर्जेन्टिनामा दक्षिण अफ्रिकी टोली खेल्न आएको हो, यहाँ खेलाडीलाई महिलाहरूसँग रमाइलो गर्न छुट दिइएको छैन,’ अफ्रिकन रग्बी संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसबीच टोलीसँगै आएकी अफिसियलसँग खेलाडीले सम्बन्ध राखेका छन्, जुन हाम्रो नजरमा गैरकानुनी हो ।’ यसैबीच, इल्टोनले दक्षिण अफ्रिकाको एक होटेलमा १२ सय ५० डलर नतिरेको समेत आरोप छ ।