Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १ शनिबार ०६:३५:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

१५ वर्षे रानाले गरे कोपेनहेगनसँग दुई वर्षको सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १ शनिबार ०६:३५:००

१५ वर्षीय नेपाली युवा खेलाडी शाश्वत रानाले युरोपियन च्याम्पियन्स लिग खेल्ने एफसी कोपेनहेगन क्लबसँग सम्झौता गरेका छन् । कोपेनहेगन क्लबबाट रानाले यू–१७ र १९ को सम्झौता गरेका हुन् । यो सम्झौता सन् २०२२ देखि २०२५ सम्म रहेको छ । क्लबका डेभलपमेन्ट डाइरेक्टर स्मिथ निल्सनका अनुसार रानाले कोपेनहेगनको यू–१९ सिनियर टोलीबाट खेलाउन सम्झौता गरेका हुन् । 

केही महिनाअघि रानाले नेपालको यू–२० साफ च्याम्पियनसिप टोलीको क्लोज क्पाम्पमा छनोट भएका थिए । यद्यपि, उनले यू–२० टोलीको बन्द प्रशिक्षणमा पूरा समय बिताएनन् । डेनमार्कमा जन्मिएका रानाले ६ वर्षदेखि नै फुटबल खेल्न थालेका हुन् । सानै उमेरमा उनले हेल्परदेखि बोल्ड क्लबसम्म खेल्ने अवसर पाए । 

त्यसपछि १४ वर्षको उमेरमा उनले कोपेनहेगनको युवा टोलीबाट विश्वप्रसिद्ध क्लबहरू लिभरपुल, चेल्सी, आरबी लेप्जिङ, पिएसभी, वेस्ट हाम तथा बायर्न म्युनिसविरुद्ध प्रतिस्पर्धा गरिरहेका छन् । लेफ्ट ब्याक खेलाडी रानाले मौका पाउँदा नेपाली टोलीबाट खेल्ने जनाएका छन् ।