Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
भोजराज भण्डारी काठमाडाैं
२०७९ असोज १ शनिबार ०६:४२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर बजारमा युवा लगानीकर्ताको सक्रियता बढ्दो

Read Time : > 1 मिनेट
२०७९ असोज १ शनिबार ०६:४२:००

पछिल्लो समय सेयर बजार युवा हाबी हुँदै गएको देखिएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले दिएको जानकारीअनुसार पछिल्लो समय १८ वर्षदेखि ३० वर्ष उमेर समूहका सेयर लगानीकर्ता धेरै रहेका छन् । यी उमेर समूहका लगानीकर्ताले प्राथमिक सेयरमा सबैभन्दा बढी आवेदन दिने गरेको पाइएको हो । 

पछिल्लो समय स्कुल–कलेजका विद्यार्थी र उसका अविभावकबाट सिकेर पनि यस उमेरमा सेयरमा लगानीको मात्रा बढ्दै गएको लगानीकर्ता बताउँछन् । हाल डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ५१ हजार रहेको छ । त्यसमध्ये सक्रिय लगानीकर्ताको संख्या ५३ लाख ९२ हजार रहेको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । 

जसमध्ये १८ वर्ष उमेर समूहका लगानीकर्ता सात लाख १९ हजार रहेका छन् । १८ देखि ३० वर्ष समूहका १७ लाख ४४ हजार रहेका छन् । ३१ देखि ४० वर्ष समूह उमेरका लगानीकर्ता १२ लाख २५ हजार रहेको देखिएको छ । त्यसैगरी, ४१ देखि ६० वर्ष उमेर समूहका लगानीकर्ता १३ लाख ५८ हजार रहेका छन् । त्यसैगरी, ६१ देखि ७० वर्ष उमेर समूहका लगानीकर्ता दुई लाख ७१ हजार रहेका छन् भने ७० वर्षभन्दा मुनिका लगानीकर्ता एक लाख ३० हजार रहेका छन् ।

सबैभन्दा धेरै डिम्याट खाता खोल्नेको संख्या बागमती प्रदेशमा रहेको छ । हालसम्म बागमती प्रदेशमा २१ लाख ७३ हजारले डिम्याट खाता खोलेका हुन् । दोस्रो धेरै डिम्याट खाता खोल्नेमा कर्णाली प्रदेश रहेको छ । उक्त प्रदेशमा १२ लाख २२ हजारले डिम्याट खाता खोलेका हुन् । त्यसैगरी, तेस्रोमा प्रदेश १ रहेको छ । उक्त प्रदेशमा १० लाख २५ हजारले डिम्याट खाता खोलेका छन् । गण्डकी प्रदेशमा ६ लाख ७० हजार र लुम्बिनी प्रदेशमा ६ लाख आठ हजारले डिम्याट खाता खोलेका हुन् । सबैभन्दा पछि परेको सुदूरपश्चिममा डिम्याट खाता खोल्नेको संख्या तीन लाख १३ हजार मात्र रहेको छ ।