मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ भदौ ३१ शुक्रबार १५:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समय र क्षेत्र निर्धारण गरी सडक व्यवसाय व्यवस्थापन गर्न सांसदको माग

Read Time : < 1 मिनेट
२०७९ भदौ ३१ शुक्रबार १५:५९:००

प्रतिनिधिसभा सदस्य विनाकुमारी श्रेष्ठले सडक व्यापारबाट जीविकोपार्जन गर्ने श्रमिकहरूलाई तत्काल हटाउन नहुने बताएकी छिन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले श्रमिकहरूलाई दैनिक रूपमा समय र क्षेत्र निर्धारण गरी व्यवस्थापन गर्न जरुरी रहेको उल्लेख गरिन्।

‘चाडबाड आउनु निम्न वर्गको जनताका लागि अकासिएको बजार भाउको कारण सकसपूर्ण छ। यस्तो अवस्थामा निम्न वर्गको जनताले सस्तो र सुलभ तरिकाले सामान खरिद गर्नका लागि सडक व्यापार उत्तम स्थान हो। तर, सडकमा व्यापार गरी जीविकोपार्जन गर्ने सबैभन्दा आधारभूत वर्गका अनौपचारिक क्षेत्रका श्रमिकका लागि क्षेत्र निर्धारण नगरी विस्थापन गर्ने कार्य भइरहेको छ। यसलाई सम्बन्धित निकायले दैनिक रूपमा समय र क्षेत्र निर्धारण गरी व्यवस्थापन गर्नु जरुरी छ। त्यसैले सडक व्यापारका श्रमिकलाई पनि राहत हुने र निम्न वर्गका जनतालाई पनि सहज हुने भएकाले सम्बन्धित निकाय र सरकारको ध्यानाकर्षण गर्दछु,’ उनले भनिन्।