१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १२ मंगलबार ००:०२:००
Read Time : < 1 मिनेट
समाचार

सहचालकले चलाएको बस त्रिशुलीमा खस्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १२ मंगलबार ००:०२:००

नशामा रहेका सहचालकले लापरबाहीसँग चलाएको बस त्रिशुलीमा खसेको छ । पृथ्वी राजमार्ग अन्र्तगत चितवनको इच्छाकामना–४ घोप्टेभिरमा सोमबार बेलुका बा ५ ख ३६८२ नम्बरको बस सडकबाट दुई सय मिटर तल खसेको हो । 

दुर्घटनामा बस चलाउने सुरज नेपाली र उनका साथी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक नवीनराजा बुढाथोकीका अनुसार मुग्लिनमा पार्किङ गरेर राखिएको बस सहचालक नेपालीले कुरिनटारतर्फ लगेका थिए । कुरिनटारबाट मुग्लिनतर्फ नै फर्कने क्रममा बस सडकबाट खसेको हो । प्रारम्भिक अनुसन्धानमा बस चलाउने नेपाली लागूऔषधको नशामा रहेको खुलेको छ । घाइते रहेका नेपालीको अवस्था सामान्य छ भने उनका साथीलाई भने गम्भीर चोट लागेको छ ।