मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ३० बिहीबार २०:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चोलेन्द्रले चरित्र हत्या गरे : ओमप्रकाश अर्याल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ३० बिहीबार २०:५५:००

अधिवक्ता ओमप्रकाश अर्यालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू र आफ्नी श्रीमतीबारे दुष्प्रचार गरेको बताएका छन्। महाभियोग सिफारिस समितिमा बिहीबार बयान दिने क्रममा अर्यालले यस्तो बताएका हुन्। 

जबराले केही दिनअघि समितिमा बयान दिने क्रममा पुनदेवी महर्जनलाई न्यायाधीश नबनाएकै कारण अर्याल आफूविरुद्ध लागेको आरोप लगाएका थिए। 

बिहीबार अन्य कानुन व्यवसायीसँगै अर्याल पनि समितिमा उपस्थित गराइएका थिए। त्यहाँ उनले आफ्नो सफाइ पेस गर्नुपर्नेमा जबराले आफ्नी श्रीमतीको नाममा कुप्रचार गरेको बताए। ‘के कति आधारमा उहाँले यस्तो आरोप लगाउनुभएको हो, उहाँलाई अगाडि राखेर सत्यतथ्य बुझ्नुपर्छ,’ अर्यालले बयानमा भने। 

अर्यालका अनुसार उनकी श्रीमती पुनदेवी महर्जनले न्यायपरिषदमा प्रक्रियाअनुसार न्यायाधीश बन्न निवेदन दिएकी थिइन्। ‘पुनदेवी महर्जन २४ वर्षदेखि वकालत गर्दै आउनुभएको हो । मसँग विवाह हुनुअघि नै उहाँ वकालतमा हुनुहुन्थ्यो । सर्वाेच्चको वैतानिक वकिल हुनुहुन्थ्यो,’ अधिवक्ता अर्यालले भने, ‘चण्डेश्वरसँग आजसम्म पुनदेवीको कुरा भएको छैन। जबरासँग कसले सिफारिस गर्यो म सोध्न चाहन्छु ?’

उनले जबरालाई उपस्थित गराएर प्रत्यक्ष रूपमा जिरह गर्न दिनुपर्ने बताए। ‘उहाँले के कति आधारमा आरोप लगाउनुभएको हो, अगाडि राखेर सत्यतथ्य बुझ्नुपर्छ।’

उनले जबराबाट चरित्र हत्या गर्ने काम भएको भन्दै त्यसलाई गम्भीर रूपमा लिन संसदीय समितिलाई आग्रह गरे। उनले जबराबाट योस्तरको कुचेस्टा हुनु दुर्भाग्यपूर्ण भएको भ्न्दै तत्काल रोक्न पहल नगर्नु संसदीय मर्यादा नहुनु बिडम्बना भएको जिकिर गरे। समितिले क्रस गरेर प्रमाण नमागेकोमा उनले असन्तुष्टि व्यक्त गरे। 
अधिवक्ता अर्यालले व्यक्तिगत प्रतिशोधका कारण नभई पुष्टि हुने आधार भएकाले प्रत्यक्ष रूपमा संलग्न भएर जबराविरुद्ध सम्पत्ति शुद्धीकरणमा उजुरी दिएको पनि जिकिर गरे। ‘सडकबाट वकिलले कसरी योगदान दिन्छ भनेर जोखिम मोलेको हुँ,’ उनले भने, ‘जबराबाट चरित्र हत्या गर्ने काम भएको छ। महाभियोग युक्त मान्छेले दुष्प्रचार गरे कानुनी उपचार लिन बाध्य हुनेछु।’