Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
दीपक भट्ट रामेछाप
२०७९ भदौ ३० बिहीबार १२:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछापबाट गाँजासहित दुई युवक पक्राउ

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७९ भदौ ३० बिहीबार १२:१५:००

दुई दिनको बीचमा रामेछापमा गाँजा कारोबारमा संलग्न दुई युवकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले गाँजासहित पक्राउ गरेको छ।

प्रहरीले मन्थली नगरपालिका– ६ सेलेघाटमा चेकजाँच गर्ने क्रममा सिन्धुपाल्चोकको चौतारा गाउँपालिका– ७ का २४ वर्षीय राजेन्द्र डंगोललाई मंगलबार पक्राउ गरेको हो। रामेछापको मन्थली हुँदै बा.८२प ९९५० नम्बरको मोटरसाइकल लिएर राजधानीतर्फ जाने क्रममा चेकजाँचका क्रममा उनी सात सय ग्राम गाँजासहित पक्राउ परेका हुन्। गाँजासहित पक्राउ परेका डंगोललाई प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

त्यसैगरी, रामेछापको खाँडादेवी गाउँपालिका– ३ भिरपानी आँपचौरका ४९ वर्षीय नवराज खत्रीको पसलबाट प्रहरीले बुधबार दुई किलो गाँजा बरामद गरेको छ। खत्रीले पसलबाट गाँजा बिक्री गर्ने गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खाँडादेवीबाट खटिएको प्रहरी टोलीले पसल खानतलासी गर्दा प्लास्टिकको बोरामा लुकाएर राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारेको हो। उनलाई जिल्ला प्रहरी कार्यालयले सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ।