मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी इस्लामावाद
२०७९ भदौ ३० बिहीबार १०:३२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चौबीस घन्टामा बाढीबाट  पाकिस्तानमा ५४ को ज्यान गयो  

Read Time : < 1 मिनेट
एजेन्सी, इस्लामावाद
२०७९ भदौ ३० बिहीबार १०:३२:००

पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी पछिल्लो चौबीस घन्टामा ५४ जनाको ज्यान गएको छ । साथै, बाढीमा परेर अरू कैयौँ व्यक्ति घाइते भएका छन् । बितेका दुई महिनामा वर्षा र बाढीपहिरोका कारण पाकिस्तानमा ठूलो जनधनको क्षति भएको छ ।

अहिलेसम्म एक हजार चार सय ८१ जनाको ज्यान गएको छ । पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए)ले यहाँका हजारौँ व्यक्ति बाढीमा परेर घाइते भएको जनाएको छ ।   

एनडिएमएले मंगलबार प्रकाशन गरेको एक तथ्यांकमा मंगलबार रातिसम्म बाढीमा परेर ५४ जनाको ज्यान गएको र केही व्यक्ति घाइते भएको जनाएको हो । पछिल्लो बाढीबाट पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध सबैभन्दा बढी प्रभावित भएको छ ।

सिन्धमा मंगलबार मात्र बाढीमा परेर ४४ जनाको मृत्यु भएको छ । मर्नेमा अधिकांश बालबालिका र महिला रहेको बताइएको छ । बाढीका कारण यो वर्ष पाकिस्तानमा १२ अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको आकलन छ ।