मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ भदौ २९ बुधबार १८:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चौँरी र याकको बिमा सुरु भएपछि हिमाली क्षेत्रका पशुपालक खुसी

Read Time : < 1 मिनेट
२०७९ भदौ २९ बुधबार १८:०६:००

ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रमा रहेका चाैँरी तथा याककोे बिमा कार्यक्रम सुरु गरिएको छ। हिउँ चितुवा, ब्वाँसो साथै अन्य जनावर र हिम पहिराका कारणले याक चौँरी मरेर क्षति हुने भएकाले किसानहरूका चौँरी र याकको बिमा गरिएको हो। 

कञ्चनजंघा व्यवस्थापन परिषद्को सहजीकरणमा चौँरी याकका  जिल्लाको दुर्गम र उच्च हिमाली बस्तीहरू याङ्मा, घुन्सा, ओलाङचुङगोला पशुपालनका मुख्य ठाउँहरू मानिन्छन्। हिउँ चितुवा, ब्वाँसो र हिमपहिराका कारणले सो क्षेत्रका किसानले ठूलो आर्थिक क्षतिबाट बच्नका लागि पशुबिमा कार्यक्रम सुरु गरिएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यावस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बूले बताए। 

पशुबिमाका लागि नेको इन्स्योरेन्स फिदिम शाखाका प्रमुख जयराम बाँस्कोटाले पहिलो चरणमा गएको हप्ता ओलाङ्चुङ्गोलामा तीन सय ८३ वटा चौँरीको बिमा गरिएको बताए। ओलाङ्चुङ्गोला बस्तीवरिपरि साथै माथिल्लो गोठ क्षेत्रमा रहेका याक र चौँरीहरूको बाँस्कोटाले बताए।