मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७५ चैत ११ सोमबार १६:२२:००
Read Time : > 1 मिनेट
सेयर बजार

शेयर बजारमा सामान्य अङ्कको सुधार

Read Time : > 1 मिनेट
२०७५ चैत ११ सोमबार १६:२२:००

निरन्तर घट्दै आएको शेयर बजार सोमबार भने सामान्य अङ्कले वृद्धि भई थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ३.८७ विन्दुले बढेर एक हजार १३८.६७ विन्दुमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९५ विन्दुले बढेर २४२.२५ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६९ कम्पनीको नौ लाख २९ हजार २१७ कित्ता शेयर रु २४ करोड २६ लाख ५९ हजार ५ सय १५ मूल्यमा खरीद बिक्री भएका छन् । कारोवार भएका दश उपसमूहमध्ये ४ उपसमूहको शेयर घटेको छ भने ६ वटा उपसमूहको शेयर बढेको छ । जलविद्युत् १.७६, वित्त २.१४, उत्पादन २३.७९ र अन्य उपसमूह ३.९७ विन्दुले घटेको छ । 

यस्तै बैंकिङ ४.७३, होटल ८.५४, विकास बैंक १०.२५, निर्जीवन बीमा ४२.७५, लघुवित्त ५.८७ र जीवन बीमा ५०.३ विन्दुले बढेको छ । स्टकका अनुसार ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.८६ प्रतिशतले कमाएका छन् । नेपाल हाइड्रो डेभलपर्स ३।२५, रिडी हाइड्रो पावर ३.२३, आरम्भ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.२२ प्रतिशतले कमाएका छन् । 

युनिभर्सल पावर कम्पनीका शेयरधनीले भने १० प्रतिशतले गुमाएका छन् । शिवम् सिमेन्ट ९.८०, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था ५.९२, ग्लोबल आइएमइ समुन्नत स्किम एकका शेयरधनीले ३.८९ प्रतिशतले गुमाएका छन् । 

कारोवारका आधारमा मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर २ करोड ८ लाख, नागरिक लगानी कोष १ करोड १२ लाख २९ हजार ८२, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक ८८ लाख ६४ हजार ४ सय ९८, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी ८४ लाख ३६ हजार २५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ८२ लाख ८२ हजार ७ सय ५६ कारोवार भई शीर्ष स्थानमा रहेका छन् । (रासस)