मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ २८ मंगलबार १०:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ली झान्सुको नेपाल भ्रमण : कुन ठाउँमा कति बजे सवारी आवागमन प्रभावित ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ २८ मंगलबार १०:३३:००

सोमबार काठमाडौं आएका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झान्सुको भेटघाटलाई मध्यनजर गरी मंगलबार काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ ।

बिहान पौने ९  बजेको आसपासमा  रविभवन, सोल्टी होटेल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपन्डाेल,  माइतीघर, नयाँ बानेश्वरदेखि तिनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । त्यस्तै, साढे ११ बजेको आसपासमा तिनकुने,  नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल,  टेकु, कालीमाटी, सोल्टी होटेल, रविभवनसम्मको सवारी आवागमन  प्रभावित हुने भएको छ । 

दिउँसो साढे ३ बजे भने रविभवन, सोल्टी होटेल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली,  माइतीघर, बबरमहल, सिंहदरबार,  भद्रकाली,  पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ। 

त्यस्तै, दिउँसो साढे ४  बजेको आसपासमा पद्मोदयमोड,  भद्रकाली,  सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपन्डाेल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटेल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने भएको छ । उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफ्नो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।