मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २७ सोमबार ०६:४०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दसैँमा वर्ल्डलिंकका तीन अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २७ सोमबार ०६:४०:००

इन्टरनेट सेवाप्रदायक कम्पनी, वर्ल्डलिंकले दसैँको अवसर पारेर ‘फेस्टिभिटी’ नामक योजना ल्याएको छ । कम्पनीले यस योजनामा ग्राहकलाई तीन प्रकारका फरक–फरक आकर्षक योजना ल्याएको हो । 

जसअन्तर्गत पहिलो प्याकेज ‘फास्ट अफर’ रहेको जनाइएको छ । जसअन्तर्गत वार्षिक सदस्यता लिनेले प्रतिमहिना एक हजार ५० रुपैयाँमा डुअल ब्यान्ड राउटर र दुई सय एमबिपिएस इन्टरनेट सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, ‘टू राउटर’ प्याकेजअनुसार वार्षिक सदस्यले प्रतिमहिना एक हजार ५० रुपैयाँमा विभिन्न सुविधा पाउने जनाइएको छ ।

जसमा ग्राहकले नोकिया बिकन १ बराबर एक मेस राउटर, डुअल ब्यान्ट राउटर र उच्च गतिको इन्टरनेटका साथै अटुट कनेक्सनसहितको दुई सय एमबिपिएस इन्टरनेट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

तेस्रो प्याकेजका रूपमा कम्पनीले ‘स्मार्ट अफर’ ल्याएको जनाएको छ । यसमा वार्षिक सदस्यले मासिक एक हजार ५० रुपैयाँमा नोकिया बिकन १ बराबर एक मेस राउटर, दुई सय एमबिपिएसको इन्टरनेट सेवाका साथमा सम्पूर्ण प्रकारका आवश्यकतालाई मध्यनजर गर्दै सेट टप बक्सका साथमा मासिक नेटटिभी एक सय ५० रुपैयाँमा प्राप्त गर्न सकिने जनाएको छ । यो योजना सबैभन्दा राम्रो रहेको कम्पनीको दाबी छ ।  

यो अफर एक वर्ष, ६ महिना वा तीन महिनाका प्याकेजहरूमा उपलब्ध हुने जनाइएको छ । साथै, उपलब्ध हुने सबै स्पिडहरूमा, सम्पूर्ण ग्राहकका लागि लागू हुने उल्लेख छ ।