१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ भदौ २५ शनिबार १०:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिमानी ट्रष्टद्वारा लमजुङका तीन हजार बालबालिकालाई शैक्षिक सामग्री वितरण

Read Time : < 1 मिनेट
२०७९ भदौ २५ शनिबार १०:५८:००

हिमानी ट्रष्टले चाइना फाउण्डेशनको सहयोगमा लमजुङका सामुदायिक विद्यालयमा अध्ययरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । चाइना फाउण्डेशनको सहयोगमा हिमानी ट्रष्टले लमजुङका तीन गाउँपालिका दोर्दी, दुधपोखरी र मर्स्याङदी गाउँपालिका अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक  समाग्री वितरण गरेको हो । 

हिमानी ट्रष्टले तीन पालिकाका ९७ विद्यालयका प्राथामिक तहमा अध्ययनरत १४ सय ६९ छात्र र १४ सय ६३ छात्रा गरी २ हजार ९ सय ३२ बालवालिकालाई शैक्षिक समाग्री उपलव्ध गराएको हो ।

गरिबीका कारण बालबालिकाहरु पढ्नबाट बन्चित नहुन भन्ने उद्देश्यले चाइना फाउण्डेसनको सहयोगमा शैक्षिक समाग्री वितरण गरिएको हिमानी ट्रष्टका अध्यक्ष एवं पूर्वयुवराज्ञी हिमानी शाहले जानकारी दिइन् । 

हिमानी ट्रष्टले बालवालिकालाई स्कुल ब्याग, कपी, कलर पुस्तक, कलर वक्स, जोमिट्रि वक्स, टिफिन वक्स, पानी खाने बोतल, व्रज मञ्जन, सावुन सहितको सामग्री बितरण गरेको हो । हिमानी ट्रष्टकी अध्यक्ष शाहले शुक्रवार बेसीशहरमा एक कार्यक्रमकाबीच विभिन्न विद्यालयमा अध्ययरत बालवालिकलाई शैक्षिक सामग्री वितरण गरेकी हुन्।